27 June ,2026,Saturday

आर्थिक सहयोगबाट आत्मनिर्भर बने कृष्णमोहन पासवान

वीरगंज, १३ चैत्र ।  वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाही निवासी कृष्णमोहन पासवानलाई स्थानीय टोलबासी संस्थाको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ। टोलबासी संस्थाका प्रतिनिधि इन्जिनियर अफजल हसनको नेतृत्वमा सम्पूर्ण टिमले संयुक्त रूपमा सहयोग जुटाई पासवानलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गरेका हुन्।

आर्थिक रूपमा कमजोर अवस्थामा रहेका पासवानलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले उक्त सहयोग गरिएको बताइएको छ। सहयोग रकमबाट उनले सानो व्यवसाय सुरु गरेको र यसले उनको दैनिक जीवनयापनमा सकारात्मक परिवर्तन ल्याएको स्थानीयवासीले जनाएका छन्।

कार्यक्रममा बोल्दै इन्जिनियर अफजल हसनले समाजमा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीले टोलबासी संस्थाको यस प्रयासलाई प्रशंसनीय कदमका रूपमा लिँदै यस्ता सहयोगले समाजमा आत्मनिर्भरता र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...