8 December ,2024,Sunday

३० वर्षीय युवक रौनक वर्णवालको हत्या भएको भन्दै परिवार द्वारा छानबिन गर्न माग

वीरगंज,साउन १५

वीरगंज– वीरगंज महानगरपालिका–१६ नगवा बस्ने ३० वर्षीय युवक रौनक वर्णवालको हत्या भएको भन्दै अनुसन्धान गर्न परिवार जनले माग गरेका छन्। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सोमबार पत्रकार सम्मेलन गरी मृत वर्णवालका परिवारले रौनकको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका हुन्।

साउन ७ गते बिहान रौनकको शव आफ्नै सुत्ने कोठामा मृत फेला परेको थियो। आफ्नो भाइ लाई उनकै श्रीमती प्रंकिता वर्णवाल र सालो मिलेर हत्या गरेको पत्रकार सम्मेलनमा रोनकका दाइ रबि वर्णवालले आरोप लगाएका छन।उनले झुण्डिएर मृत्यु भएको भनिए पनि आफ्नो भाइको हत्या गरिएकाले त्यसमा पर्सा प्रहरीले अनुसन्धान गर्न जरुरी रहेको बताए।

झुण्डिएर मृत्यु हुने व्यक्तिको शरीरको अन्य भागमा चोटपटक नहुने तर आफ्नो भाइको खुट्टा र चिउँडोमा चोट लागेको देखिएकाले उनको हत्या गरिएको रविको भनाइ छ।

उनले पर्सा प्रहरीले किटानी जाहेरी लिन नमानेको पनि पत्रकार सम्मेलनमा गुनासो गरेका थिए। आफ्नो भाइको मृत्यु कसरी भयो भन्ने बारे प्रहरीले पनि चासो नदिएको रविले पत्रकार सम्मेलनमा बताएका थिए।

गत ७ गते नगवा स्थित आफ्नै घरमा मृत फेला परेका रौनक हिमालयन लाइफ इन्सुरेन्समा अपरेशन इन्चार्ज थिए। उनको प्रकिता सित बिहे भएको १५ महिना भएको थियो। मृतक रौनकको घरमा श्रीमान् श्रीमती र उनको बुवा बस्दै आएका थिए। बुहारीले मोबाइलमा फोन गरेर श्रीमान् श्रीमती बीच विबाद भएको तथा रौनकले झुण्डिएर आत्महत्या गरेको भनी आफूलाई खबर गरेको रौनकका बुवा भूषण वर्णवाले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले आफ्नो छोराको हत्या भएकाले यसमा प्रहरीले छिट्टै अनुसन्धान गरेर दोषीलाई कडा कारबाही गर्न माग गरे।

७ गते नै घटना भए पनि रौनक लाई नेशनल मेडिकल कलेजमा दुई दिन सम्म उपचार गरिएको थियो । त्यस पछि ९ गते अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। परिवारजनले हत्याको आरोप लगाइ रहँदा प्रहरीले भने अहिले सम्म किटानी जाहेरी दर्ता गरेको छैन। किटानी जाहेरी बारे पर्सा प्रहरीले भने दर्ता गर्ने बताएको छ। घटना भएको दुई दिन पछि मृत्यु भएको तथा आफूहरूले घटना बारे अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। उनले पोष्टमार्टम रिपोर्ट समेत आउन नसकेकाले प्रहरीले अनुसन्धान गरिरहेको बताए।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...