29 June ,2025,Sunday

लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैङ्क खाता तथा सम्पत्ति रोक्का

४ भदौ,२०८०

वीरगंज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैङ्क खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर,सिद्धी विनायक ट्रेडर्स,माँ शक्ति ट्रेडर्स,दिनानाथ ट्रेडर्स,जगदीश एन्ड ब्रदर बडिमेकर,देवेन्द्र तेल उद्योग,डेल्टा सेक्युरिटी सर्भिस प्रा.लि.,रिधान सप्लायर्स,टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि,गणपति ट्रेड इन्टरनेसनल,सम्राट् ढुवानी सेवा कारबाही स्वरूप बैङ्क खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए ।

यस्तै पर्साको वीरगंजकै पटेल किराना स्टोर्स,बूदर टेक्सटाइल इण्डट्रिज,कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस,कम्प्युट्रोनिक्स कलरल्याब प्रालि,सुशील किराना स्टोर्स र ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैङ्क खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदाता माथि कारबाही गरी आव २०७९ र ८० मा १४ करोड ३९ लाख रुपैयाँ बक्यौता सङ्कलन गरिएको छ ।

पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदाता माथि कारबाही अघि बढाएका छौँ”,प्रमुख कर अधिकृत तिवारीले भने,त्यही करमा हामीले १९ जना करदाताको बैङ्क खाता,कारोबार,घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।”सबै रोक्का भएपछि केही करदाता कर बुझाउन समेत आएको उनको भनाइ थियो ।

नियमित बजार अनुगमन थालेपछि आव २०७९ र ८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ ।

आव २०७९ र ८० मा पर्सामा व्यावसायिक तर्फको करदाता दुई हजार सात सय ५० र व्यक्तिगत १० हजार दुई सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

यो सँगै पर्सामा व्यावसायिक ४७ हजार आठ सय ८० र व्यक्तिगत ६६ हजार पाँच सय ५५ गरी एक लाख १५ हजार ४३५ करदाताको सङ्ख्या पुगेको जनाएको छ ।

यसैबिच आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले आर्थिक वर्ष २०७९ र ८० मा सात अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा अन्तःशुल्क तर्फ तीन अर्ब रुपैयाँ,आयकरतर्फ तीन अर्ब रुपैयाँ,मूल्य अभिवृद्धिकार तर्फ एक अर्ब ७४ करोड रुपैयाँ,ब्याजकारतर्फ चार करोड रुपैयाँ र घर बहाल करतर्फ पाँच करोड रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए ।

कार्यालयले गत आर्थिक वर्ष २०७८ र ७९ मा आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

बढ्दो आर्थिक तरलता,विभिन्न कारण देखाउँदै बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु,तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्ध लगायतका कारणले राजस्व सङ्कलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...