2 December ,2023,Saturday

महिलाको मृत्यु, महरा पक्राउ, अस्पताल सञ्चालक फरार

रौतहट, २२ कात्तिक । रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभाबी पाठेघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको टोलीले महरालाई सर्लाहीको हराकठवा बजारबाट मंगलवार राति पक्राउ गरेको हो ।
पक्राउ परेका महरा अहिले इलाका प्रहरी कार्यालय गरूडाका नियन्त्रणमा रहेको डिएसपी ओम प्रकाश खनालले बताए ।
बिर्ता स्थित जनसेवा अस्पतालमा बिरामी महिला नुरजहा खातुनको पाठेघरको अपरेसनमा महराको संलग्नता रहेको डिएसपी खनालले बताए। महरा बिर्ता स्थित झोले अस्पताल जस्तै सर्लाही हरकठवा बजारमा श्रीराम अस्पताल सञ्चालन गरेको र त्यहीँबाट पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए। महरा सिएमए हुन । अपरेसन गर्ने मुख्य डाक्टर तथा अस्पताल सञ्चालक गरूडा ८ का राजेन्द्र यादव भने फरार रहेका छन ।
रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गरूडा नगरपालिका – ८ बिर्तास्थित इमर्जेन्सी जनसेवा हस्पिटलमा जथाभाबी पाठेघरको शल्यक्रिया गर्दा खातुनको मृत्यु भएको हो । पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई इमर्जेन्सी अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले पाठेघरको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही अनुसार सोमवार खातुनलाई इमर्जेन्सी हस्पिटलमा शल्यक्रियाका लागि भर्ना पनि गरियो । यद्यपि शल्यक्रिया पश्चात अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अत्यधिक रक्तस्रावका कारण अचेत भएकी खातुनलाई चिकित्सकको सुझाव अनुसार नै थप उपचारका लागि एम्बुलेन्समा राखेर वीरगञ्जस्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो । मेट्रो सिटीमा भने चिकित्सकले खातुनको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दामोदर केसीले बताए । बिरामीको मृत्युपछि मङ्गलवार दिउँसो पीडित परिवार र स्थानीयले हस्पिटलका सञ्चालक यादव र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गरी कारबाई गर्न माग गर्दै हस्पिटल अगाडि विरोध प्रदर्शन समेत गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले पनि घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौं पठाइएको बताए । मृतक महिलाको शव हाल पोस्टमार्टम लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...