7 July ,2025,Monday

पर्सामा बाघले मान्छे खायो

पर्सा, ९ पुष । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा थरकट्टी गाँउका बाबुलाल महतो उराँवका छोरा २० वर्षीय मनोज महतो उराँव रहेका छन् ।
सब डिभिजन वन कार्यालय रंगपुरका रेञ्जर कपिलदेव यादवका अनुसार, जंगलसंग जोडिएको थरकट्टी गाँउका मनोज आइतवार बेलुकी शौच गर्न खेत तिर गएका थिए । राति अबेरसम्म घर नफर्किएका मनोजलाई खोज्न छिमेकी र गाँउलेहरूले सोमवार बिहान खेत तिर जाँदा खेत नजिकैको जंगलमा बाघले मारेर खाएको अवस्थामा मनोजका शरीरका अंगहरू भेटिएको रेञ्जर यादवले जानकारी दिए।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले थरकट्टी गाँउमा बाघले मान्छे मारेको खबर प्रहरीलाई आएपछि अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको बताए।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...