19 January ,2025,Sunday

जनसेवा नेपालको आयोजनामा रक्तदान कार्यक्रम

वीरगंज २० कात्तिक । कालिकामाई गाउँपालिका–१ मुडलीमा जन सेवा नेपालले आयोजना गरेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।
जनता माध्यमिक विद्यालय परिसरमा छठ पूजाको शुभ उपलक्ष्यमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । जन सेवा नेपालका अध्यक्ष राधेश्यामप्रसाद पटेलको अध्यक्षता एवं पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अजय कुमार पटेल, वडाध्यक्ष अध्यक्ष लालबाबू राउत बरई लगायतकाको उपस्थिति रहेको थियो।
कार्यक्रममा भुपेन्द्र कुमार साह, गजेन्द्र साह, सुरेन्द्र साह, राम किशोर महतो, उदय सिंह, सन्दिप पटेल,पिन्कु राम, राजु राम, जुनैद हुसैन लागायतकाहरूले रगतदान गरेका थिए । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप–शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं वीरगंज रक्त संचार केन्द्रका मनिष गुप्ता, जितेन्द्र कुश्वाहा, नितेस यादव लागायतका प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...