काठमाडौं, ६ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहलले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल प्रादेशिक अस्पतालमा घोषणा भएको छ ।
मन्त्री गुप्ताले आज बसेको मन्त्री परिषदको बैठकले पोखरीया नगरपालिकामा रहेको अस्पताललाई प्रादेशिक अस्पतालमा घोषणा गराएका हुन । पोखरिया नगरपालिका लगायत अन्य जोडिएका गाउँबासीको पक्षमा ऐतिहासिक निर्णय गराउन आफू सफल भएकोमा अत्यंत खुसी साथै वर्षौँदेखिको प्रयास र जनताको मांग बमोजिम प्रादेशिक अस्पताल हुँदा मलाई अत्यन्त खुसी लागेको मन्त्री गुप्ताले बताउनु भएको छ ।
मन्त्रिपरिषद्को बैठकले पोखरिया अस्पताल १५ शय्यायुक्त रहेको अस्पताल अस्पताललाई ५० शय्यामा स्तरउन्नती गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको छ । स्तरउन्नतीको निर्णयले पोखरिया अस्पतालले पोखरिया नगरपालिकाका लागि मात्र नभएर, मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ भन्ने मेरो विश्वास रहेको मन्त्री गुप्ताले बताएका हुन् ।
यो महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लाग्नु भएका पोखरिया नगरपालिका नगरवासी , स्थानीय अगुवा , सामाजिक अभियन्ता तथा राजनीतिक दलका साथीहरूप्रति विशेष आभार प्रकट गर्दै मन्त्रिपरिषद्को निर्णयमा महत्त्वपूर्ण सहयोग पुर्याउनु भएका सम्माननीय प्रधानमन्त्री ज्यू र माननीय मन्त्री ज्यूहरूलाई धन्यवाद ज्ञापनसमेत मन्त्री गुप्ताले गर्नु भयो।