14 July ,2025,Monday

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं, २९ अषाढ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पछिल्लो समय केही मिडियामा आफूलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू प्रायोजित र निराधार भएको बताएका छन्।

उनका अनुसार सरुवा, नियुक्ति लगायतका विषयमा आफूले रकम बार्गेनिङ गरेको भन्ने जस्ता आशयका समाचारहरू केही मिडिया मार्फत निरन्तर सार्वजनिक भइरहेका छन्, जसले आफ्नो व्यक्तिगत प्रतिष्ठा माथि प्रश्न उठाएको छ। मन्त्री गुप्ताले भने, “यो विषय मेरो लागि अत्यन्त संवेदनशील छ, अब यस्ता आरोपहरू पुष्टि गर्न मिडियाले प्रमाण खोज्नुपर्छ।”

मन्त्री गुप्ताले पाँचवटा स्पष्ट प्रश्न सार्वजनिक गर्दै त्यसमा उत्तर खोज्न मिडियासँग आग्रह गरेका छन्—

१. सरुवा वा नियुक्तिको प्रक्रियामा संलग्न बिचौलिया वा दबाव दिने व्यक्तिहरू को हुन्रु

२. सार्वजनिक गरिएका भिडियो वा फोटोहरूमा देखिएको नोटसहितको टेबल कुन कार्यालयको होरु त्यो टेबल मन्त्री गुप्ताको कार्यकक्षमा कहिल्यै नभएको उनले बताए।

३. अख्तियारलाई नोटको नम्बरसहित निवेदन गरिएको भनिएको भए पनि ती नोट कहाँ छन् र कसले दियो भन्नेबारे मन्त्रीलाई कुनै जानकारी छैन।

४. आरोप लगाइएका कर्मचारीहरूको भूमि आयोगमा नियुक्ति सम्बन्धमा आफूलाई जानकारी नरहेको र तिनलाई प्रभावमा पारिएको भनिए पनि आफू निर्दोष रहेको मन्त्रीको भनाइ छ।

५. सूचना प्रविधि (एआई) को दुरुपयोग गर्दै निकालिएको भनिएको उनको आवाज सम्बन्धी अडियोबारे मन्त्रीले स्पष्ट रूपमा अस्वीकार गर्दै भने, “यो मेरो आवाज होइन। यसको प्रमाण कसले दिन्छ । ”

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...