16 July ,2026,Thursday

हैजामुक्त वीरगंज सुरु हुँदैछ हैजा विरुद्धको निःशुल्क खोप अभियान

अभिलाष गुप्ता

वीरगंज, २५ असोज । वीरगंज महानगरपालिकामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु गर्न लागिएको छ। मेयर राजेशमान सिंहको विशेष निर्देशनमा आगामी असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म वीरगंज महानगरपालिकाका सबै ३२ वटै वडामा निःशुल्क हैजा खोप अभियान सञ्चालन हुने भएको हो।

यो अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विश्व स्वास्थ्य संगठन(WHO) र युनिसेफ (UNICEF) को प्राविधिक तथा logistics सहयोगमा सञ्चालन गरिने महानगरका स्वास्थ्य महाशाखाले जनाएको छ।

महानगरका प्रमुख राजेशमान सिंहले भने वीरगंजलाई हैजा र सरुवा रोगबाट सुरक्षित राख्नु अहिलेको पहिलो प्राथमिकता हो। सबै नागरिकको स्वास्थ्य सुनिश्चित गर्न हामीले यो खोप अभियानलाई जनआन्दोलनको रूपमा अघि बढाउनेछौं।

अभियान असोज २६ देखि कार्तिक २ गतेसम्म चल्नेछ।
वीरगंज महानगरका सबै ३२ वटै वडामा एकसाथ खोप वितरण हुनेछ। १ वर्षभन्दा माथिका सबै नागरिक यो खोप लिन योग्य छन्। नागरिकले नजिकको स्वास्थ्य संस्था, खोप केन्द्र वा विद्यालयमा सम्पर्क गरी खोप लिन सक्नेछन्।

स्वास्थ्य शाखा प्रमुखका अनुसार हाल वीरगंजमा पानीजन्य रोगका जोखिम बढिरहेका कारण यो अभियानले हैजाको संक्रमण दर घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ। WHO र UNICEF का प्रतिनिधिहरूले पनि महानगरको यो पहललाई “समयमै गरिएको रोकथाम कदम” भन्दै स्वागत गरेका छन्।

महानगरले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, सुरक्षित खानेपानी प्रयोग गर्न र हैजाका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
मेयर सिंहले अन्त्यमा भने हामी सबैको सानो प्रयासले ठूलो परिणाम ल्याउन सक्छ। हैजामुक्त वीरगंज हाम्रो साझा अभियान हो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...