27 October ,2025,Monday

घडीअर्वा छठघाट सजावटमा २३ लाख खर्च हुने अनुमान

वीरगंज, ९ कार्तिक । वीरगंज महानगरपालिका–१० स्थित घडीअर्वा पोखरी छठघाटको तयारी पूरा भएको छठपूजा व्यवस्थापन समितिले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको सजावट र व्यवस्थापन कार्य पूरा भएको जानकारी दिंदै यस वर्षको पूजामा करिब २३ लाख ८ हजार रुपियाँँ खर्च हुने अनुमान गरिएको बताए। उनका अनुसार टेन्ट–पण्डाल र सजावटमा ९ लाख,परिसर बाहिरको बत्ती सजावटमा ३ लाख, भिडियोग्राफीमा ३० हजार, पुरस्कारमा ५ लाख ५० हजार, सरसफाइमा १ लाख ५ हजार रुपियाँँ खर्च हुने अनुमान गरिएको छ। सुरक्षा उपसमितिका संयोजक मुन्ना साहले सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ११० सुरक्षाकर्मी तथा घडीअर्वा स्पोर्ट क्लबका ६० जना स्वयंसेवक परिचालन गरिने बताए । छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र सादा पोशाकमा समेत प्रहरी खटाइने उनले जानकारी गराए। गत वर्ष छठघाटको सजावट र व्यवस्थापनमा १९ लाख १४ हजार ८१२ रुपियाँँ खर्च भएको र आम्दानी कटाएर २ लाख ९३ हजार २७२ रुपियाँँ बचत भएको समेत कोषाध्यक्ष गुप्ताले जानकार िगराए । समितिका अध्यक्ष राकेश साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरू प्रमानन्द साह, वाल्मीकि साह, हिरा साह, प्रेम साह कानु, मदन प्रसाद कलवार, दिलिप साह कानु, वीरगंज–१० का वडाअध्यक्ष सुशील साह कानु, पूर्व सचिव सन्तोष गुप्ता, उपाध्यक्ष आत्माराम साह कानु, घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु, सल्लाहकार गौरीशंकर गुप्ता लगायतको उपस्थित थिए।कार्यक्रमको सहजीकरण प्रचार–प्रसार उपसमितिका संयोजक प्रणय साहले गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...