29 October ,2025,Wednesday

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार साह वीरगंजबाट पक्राउ

वीरगंज, १२ कात्तिक । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एकजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरले जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १० रानीघाट बस्ने वर्ष ३९ को लालबाबु साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
ललितपुर जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ महिना कैद र रू. एक लाख पाँच हजार तोकिएका कसूरदार साह २०८२।०५।२४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट फरार भएका थिए । फरारपछि आफनै गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा कात्तिक ११ गते सांझ ५ः३० बजे उनलाई घरबाट पक्राउ गरी सम्बन्धीत कारागार कार्यालयमा पठाइने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...