30 October ,2025,Thursday

सिर्सिया सफाइ अब चेतनासँग जोड्नुपर्छ : मेयर राजेशमान सिंह

अभिलाष गुप्ता

वीरगंज, १३ कार्तिक । “डुब्दै गएपछि डाँडो सम्झने” उखान झैं, सिर्सिया नदीको व्यथा पनि यस्तै नियतिको शिकार बन्दै गएको छ — यो कथन बिरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहले सिर्सिया नदीको प्रदूषण र सरसफाइबारे व्यक्त गरेका हुन्।

मेयर सिंहले भने, “छठ आउँदा मात्रै हामीलाई सिर्सिया नदीको प्रदूषण सम्झना हुन्छ। छठपछि भने फेरि वर्षदिनसम्म मौन रहन्छौं। प्रदूषण नियन्त्रणका चर्का कुरा, बहस र गुनासोहरू छठका केही दिनमै सीमित रहन्छन्, यही हाम्रो कमजोरी हो।”

उनका अनुसार आफूले पदभार सम्हालेको ४० महिनादेखि निरन्तर सिर्सिया सफाइको मुद्दा उठाउँदै आएको भए पनि केही उद्योगहरूको लापरवाहीले समग्र उद्योग समुदायले नै बदनाम भोग्नुपरेको छ। “मैले कानूनी जिम्मेवारी मात्र होइन, नैतिक उत्तरदायित्वका रूपमा पनि सिर्सिया सफाइ अभियान अघि बढाएको छु,” उनले भने, “कसै–कसैले नदीमा फोहोर फ्याँक्दा त्यसै उद्योगहरूलाई जनदबाबका माध्यमबाट सचेत गराइएको थियो।”

मेयर सिंहले यस वर्षको छठ पर्वमा युवाहरूले सिर्सिया नदीबारे जागरूकता फैलाएको देखेर आफू उत्साहित भएको बताए। उनले भने, “युवाहरूको यो सचेत सहभागिताले मेरो मनमा नयाँ ऊर्जा थपेको छ र अझ जिम्मेवारी महसुस गराएको छ। अब सिर्सिया सफाइलाई केवल पर्वसँग होइन, चेतनासँग जोड्ने समय आएको छ।”

उनले नागरिक, उद्योगी, विद्यार्थी, सामाजिक संस्था र सबै तहका सरकारी निकायहरूलाई साझा संकल्पका साथ सिर्सिया नदी पुनर्जीवन अभियानमा जोडिन आह्वान गरे। “सिर्सिया सफा बनाउन महानगर मात्रै होइन, हामी सबैको हातेमालो अपरिहार्य छ। यही सामूहिक प्रयासले मात्रै सिर्सिया पुनः जीवन्त बन्न सक्छ,” मेयर सिंहले जोड दिए।

उनले अन्त्यमा भने, “आउनुहोस्, हामी सबै एकढिक्का भई सिर्सिया नदीलाई पुनः जीवन्त बनाऔं — यो हाम्रो सहरको आत्मा हो, जसलाई बचाउन अब विलम्ब गर्नु हुँदैन।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...