31 October ,2025,Friday

वीरगंजमा “ZEN Z युवा कमिटी” औपचारिक रूपमा गठन, मुराद आलम ठकुराई संयोजक

अभिलाष गुप्ता

वीरगंज, १४ कार्तिक । जेन जि (ZEN Z) आन्दोलनका क्रममा वीरगंजका सहिद अशाब आलमको बलिदानको स्मृतिमा बिरगंजस्थित माल्ट होटलमा सम्पन्न एक विशेष बैठकले “ZEN Z बिरगंज युवा कमिटी” औपचारिक रूपमा गठन गरेको छ।

बैठकले सहिद अशाब आलमका भाइ मुराद आलम ठकुराईलाई संयोजक र आन्दोलनकै क्रममा गम्भीर घाइते भएका रेयाजुल हकलाई उप–संयोजक नियुक्त गरेको छ। यससँगै बिरगंज महानगरलाई केन्द्र बनाउँदै १०० सदस्यीय युवा कमिटी गठन गरिएको घोषणा गरिएको छ।

नवगठित समितिका प्रमुख पदाधिकारी र सदस्यहरू यसप्रकार छन् संयोजक : मुराद आलम ठकुराई,उप–संयोजक : रेयाजुल हक,सदस्यहरू : सागर यादव, ग्यानेन्द्र मण्डल, चन्दन महतो, वासिम सेख, निरज जोशी, अनिश कुमार पटेल, समीर अन्सारी लगायत १०० जना युवाहरू चयन गरिएको बैठकमा जानकारी दिइयो।

बैठकमा सहभागिता जनाएका वक्ताहरूले जेन जि आन्दोलनका शहीदहरूको बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको नेतृत्वमा देशमा परिवर्तन, पारदर्शिता र उत्तरदायी राजनीतिक संस्कृति स्थापना गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा युवा कमिटीसँगै ZEN Z सल्लाहकार समिति पनि गठन गरिएको छ। सो समितिमा महादेव प्रसाद कुर्मी, सञ्जय श्रेष्ठ, राहुल रौनियार लगायत ७ सदस्यीय टोली रहेको छ।

त्यस्तै, आन्दोलनका गतिविधिहरूलाई समन्वय र सुदृढ बनाउने उद्देश्यले ZEN Z समन्वय समिति पनि गठन गरिएको छ, जसमा सुधिर पटेल, बिरेन्द्र कान्त, रन्दिप श्रीवास्तव, जयशंकर यादव र अमन आलम सदस्य रहेका छन्।

बैठकमा बोल्दै संयोजक मुराद आलम ठकुराईले भने हाम्रा सहिदको बलिदान व्यर्थ जान दिन्नौं। ZEN Z आन्दोलनको उद्देश्य देशमा न्याय, समानता र स्थायित्वको नयाँ आधार तयार गर्नु हो।

उप–संयोजक रेयाजुल हकले भने बिरगंजका युवाहरू परिवर्तनको अग्रपंक्तिमा उभिन तयार छन्। हाम्रो अभियान कुनै दल विशेषको नभई देश र जनताको पक्षमा हुनेछ।

कार्यक्रममा उपस्थित युवा सहभागीहरूले ZEN Z आन्दोलनलाई संगठित, अनुशासित र नीति–आधारित अभियानका रूपमा अघि बढाउने संकल्प व्यक्त गरे।

बैठकको अन्त्यमा संयोजक मुराद आलम ठकुराईले सबै युवा, नागरिक र समाजका सचेत वर्गलाई देशमा नयाँ राजनीतिक दिशा निर्माणका लागि हातेमालो गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...