रौतहट, १४ कात्तिक । बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन। चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुर्ईवटा बस आपसमा ठोक्किएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौर बाट काठमाडौं आउदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको  डल्फिन यात्रीबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं आउदै गरेको  बा .प्र.०३०० ख ३९०२ नंम्बरको  रूद्राक्ष यात्रीबाहक बस शुक्रवार बिहान करिब पौने २ बजे ठोक्किएको प्रहरीले जानकारी दिएको छ । बस सडकमा पल्टिएको र दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरूको तत्काल उद्धार गरेको प्रहरी हो । घाइतेहरूको चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको भर्ना गराइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । सडकबाट बसलाई हटाएर सडक एकतर्फी खुलाइएको छ  । प्रहरीका अनुसार एक जना बसका चालकलाई नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान भईरहेको छ । दुर्घटनामा दुर्ई बसका चालकसहित ३३ जना घाइते भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको र सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
		प्रतिक्रिया लेख्नुहोस् ।
		


 
                                    

 
