1 November ,2025,Saturday

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई, भावनात्मक माहोलमा सम्पन्न

अभिलाष गुप्ता

जनकपुर, १४ कार्तिक । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक निकिता मिश्राको बिदाई कार्यक्रम बिहीबार एक भावनात्मक वातावरणमा सम्पन्न भयो।

धनुषामा कार्यरत रहँदै उत्कृष्ट पेशागत दक्षता, इमानदारी र सेवाभावका साथ आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकी मिश्रालाई सहकर्मी, वरिष्ठ अधिकारी तथा स्थानीय सरोकारवालाहरूले सम्मानपूर्वक बिदाई गरे।

कार्यक्रममा बोल्दै निरीक्षक मिश्राले भनिन जिल्ला प्रहरी कार्यालय धनुषामा बिताएका हरेक पलहरू मेरो जीवनका अमूल्य अनुभवका रूपमा रहनेछन्। हिजो जस्तो लाग्छ यस कार्यालयमा हाजिर भएको, तर आज निस्कँदा महसुस भयो समय कति छिटो बितेछ। यहाँका मानिसहरू, सहयोग र माया सदैव सम्झनामा रहनेछ।

उनले थपिन् यहाँबाट प्राप्त सिकाइ, अनुभव र माया मेरो आगामी सेवायात्राको आधार बन्नेछ भन्ने विश्वास लिएको छु। यो बिदाई होइन, नयाँ यात्राको सुरुवात हो।कार्यक्रममा जिल्ला प्रहरी प्रमुख, अन्य अधिकृत तथा प्रहरी कर्मचारीहरूले उनको योगदानको उच्च प्रशंसा गर्दै सफल भविष्यका लागि शुभकामना व्यक्त गरे।

निरीक्षक मिश्राले धनुषामा रहँदा सुरक्षा व्यवस्थापन, महिला तथा बालबालिका सम्बन्धी मुद्दा, र सामुदायिक–प्रहरी सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन्।कार्यक्रमको अन्त्यमा उनलाई स्मृति चिन्ह प्रदान गर्दै औपचारिक रूपमा बिदाई गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...