1 November ,2025,Saturday

शिवम हत्याको आरोपमा पक्राउ परेका प्रतिवादीहरू पूर्पक्षका लागि कारागार चलान

वीरगंज, १४ कात्तिक । वीरगंज महानगरपालिका वडा नं. १० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानुलाई कुटपिट तथा चक्कु समेत प्रहार गरी कर्तव्य गरी मारेको आरोपमा पक्राउ परेका चारजना प्रतिवादी पूपक्र्षको लागि कारागार चलान भएका छन् । मिति २०८२।०६।१४ गते राति ११ः३० बजे वीरगंज महानगरपालिका वडा नं.१० गिता मन्दिर सडक छेउमा लागेको मेलामा शिवमको हत्या गर्ने खुनी दरिन्दे नामक वाट्सएप समूहका चारजनालाई पर्सा जिल्ला अदालत पर्साको चलानी नं.०८२–५१–००३५३१ को आदेश पत्रद्वारा वीरगंज कारागारमा चलान गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने वर्ष १९ को गौतम पटेल, वर्ष २० को सुभांकर चौरसिया, वर्ष २२ को अमिरी पटेल भन्ने करण प्रसाद पटेललगायत चारजना वीरगंज कारागारमा चलान गरिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...