1 November ,2025,Saturday

वीरगंजमा हराएको बालक ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको पहलमा सकुशल अभिभावकको जिम्मा

अभिलाष गुप्ता

वीरगंज, १४ कार्तिक । वीरगंज महानगरपालिका–१६, नगवामा बस्ने करूल हकका करिब ३/४ वर्षका छोरा मोहम्मद अदनान घर नजिकै खेल्दै गर्दा हराएको घटनाले शुक्रबार वीरगंज क्षेत्रमा केही समय तनावपूर्ण वातावरण सिर्जना भएको थियो।

स्थानीयका अनुसार सानो साइकल लिएर घरबाट निस्केका अदनान घण्टाघर हुँदै आदर्शनगर लोहारपटी चौक आसपास खेल्दै हिँडिरहेका बेला परिवारजनले बालक हराएको जानकारी पाएपछि खोजी कार्य सुरू गरिएको थियो।

त्यही क्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सचिव ज्योति रुंगटा लाई स्थानीयले शंकास्पद रूपमा सानो बालक सडकमा एक्लै हिँडिरहेको देखेपछि खबर गरेका थिए। सचिव रुंगटाले उक्त बालकलाई ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रमा ल्याएर आवश्यक सोधपुछ गरे, तर बालकले नाम, थर र ठेगाना भन्न सक्न सकेन।

बालकको तस्बिर र साइकलको फोटो सचिव रुंगटाले आफ्नो फेसबुक अकाउन्टमार्फत सार्वजनिक गरेपछि, सामाजिक सञ्जालमार्फत सूचना फैलियो र केही समयमै बालकका अभिभावकले सम्पर्क गरी आफ्नो छोरा भएको पुष्टि गरे।

त्यसपछि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सचिव ज्योति रुंगटाको रोहबरमा, बालकलाई सही सलामत उनका पिता करूल हकको जिम्मा लगाई पठाइएको अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए।

अध्यक्ष खेतानले बताए अनुसार, “यो घटना समुदाय, प्रहरी र नागरिकबीचको सहकार्यको उत्कृष्ट उदाहरण हो। यस किसिमको मानवीय र समयमै गरिएको पहलले कुनै ठूलो दुर्घटना हुनबाट जोगाएको छ।”

ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले अभिभावकहरूलाई साना बालबालिकालाई बाहिर खेल्न जाँदा नजिकैबाट निगरानी गर्न र सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...