2 November ,2025,Sunday

५७ औं श्री श्याम कार्तिक महोत्सव वीरगंजमा पहिलो दिन भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १५ कार्तिक । हरेक वर्षझैं यस वर्ष पनि श्री श्याम हनुमान ज्योति मण्डल, वीरगंज, नेपालको आयोजनामा ५७ औं श्री श्याम कार्तिक महोत्सव महावीर धर्मशालाको प्राङ्गणमा अत्यन्तै भव्य र श्रद्धामय वातावरणमा सम्पन्न भएको छ ।

उक्त आयोजित दुईदिने यस धार्मिक महोत्सवमा वीरगंज तथा आसपास क्षेत्रका हजारौं श्याम भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दिल्ली र कोलकाताबाट आएका चर्चित भजन गायक–गायिकाहरूको प्रस्तुति सहित कार्यक्रमले वातावरण आल्हादित बनाएको थियो ।

पहिलो दिनका कार्यक्रम (१५ कार्तिक) पहिलो दिन बिहान ७ बजे ज्योत आव्हान एवं ८ बजेबाट अखंड पाठ प्रारम्भ गरिएको थियो। साँझ ६ बजेपछि स्थानीय कलाकारहरूले भक्तिमय भजनहरूको प्रस्तुति दिए।राति ८:३० बजे दिल्लीबाट आएकी सुप्रसिद्ध भजन गायिका ऋतु पंचालले भजनहरूको महाकुम्भ प्रस्तुत गर्दै उपस्थित भक्तजनलाई भावविभोर बनाइन् ।

दोस्रो दिनका कार्यक्रम (१६ कार्तिक)दोस्रो दिन बिहान ७ बजेबाट सुन्दरकाण्ड पाठ तथा ९ बजे सवामणी भोग सम्पन्न गरिने एवं बिहान ११ बजेबाट कोलकाताबाट आएका कलाकार विकास झाले मनमोहक भजनहरूको रसपान गराउने छन ।

दिउँसो ३:३० बजे विसर्जन तथा ४ बजे निशान शोभायात्रा आयोजना गरिने । साँझ ६:३० बजेपछि महा प्रसाद वितरण गरी कार्यक्रम सम्पन्न गरिने। आयोजक मण्डलका अध्यक्ष पवन पोद्दारले जानकारी दिनुभयो ।

कार्यक्रमको सम्पूर्ण समय वीरगंजमा श्याम नामको जयघोष गुन्जिएको थियो। अखंड पाठ, निशान शोभायात्रा, भजन–कीर्तन, सवामणी एवं छप्पन भोग जस्ता धार्मिक क्रियाकलापहरूले सम्पूर्ण वातावरण भक्ति र उत्साहले भरिने छ ।

यस अवसरमा पर्सा जिल्लाका मारवाडी समुदायका अगुवाहरू, समाजसेवी, व्यापारी तथा सर्वसाधारण भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दुई दिनसम्म चल्ने यस भव्य धार्मिक महोत्सवले बीरगंजमा धार्मिक एकता, श्रद्धा र सांस्कृतिक सम्पदाको उत्कृष्ट उदाहरण प्रस्तुत गरीने छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...