2 November ,2025,Sunday

वीरगञ्ज भन्सार कार्यालयबाट अनलाइन भन्सार डाटाबेस प्रणाली शुभारम्भ

काठमाडौँ, १५ कात्तिकः वीरगञ्ज भन्सार कार्यालयबाट आज ‘अनलाइन भन्सार डाटाबेस प्रणाली’ (कस्टम्स भ्यालुएसन डाटाबेस सिस्टम) शुभारम्भ गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा उल्लेख भएबमोजिम प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुनेगरी अनलाइन भन्सार डाटाबेस प्रणालीको आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ‘डिजिटल’ माध्यमबाट शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा अर्थमन्त्री खनालले यो प्रणाली शुभारम्भपछि अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूतिसहित व्यवसाय सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसका अतिरिक्त अन्तरराष्ट्रिय व्यापारमा विश्व व्यापार सङ्गठनद्वारा अनुमोदित ‘ग्याट भेलुयसन प्रणाली’लाई नेपालको भन्सार ऐन, नियममा समेत स्विकारिएको सन्दर्भमा कारोबार मूल्यलाई मान्यता दिनेगरी सोको परीक्षणका लागि अनलाइन कस्टम डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री खनालले भन्नुभयो,“यस प्रणालीको कार्यान्वयनले वैध व्यापारलाई प्रोत्साहन, मूल्यअभिवृद्धि करलगायत अन्य कर कार्यान्वयनमा सहायता पुग्ने छ । साथै अनौपचारिक कारोबारमा कमी आउने र उद्योग व्यवसाय फस्टाउने अपेक्षा राखेका छौँ ।”
कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवाल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली, एसियाली विकास बैङ्कका भन्सार मूल्याङ्कन विज्ञ निर्मलहरि अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...