3 November ,2025,Monday

वीरगंजमा ‘हरियो, स्वच्छ र आकर्षक सहर’ अभियान सुरु — मितेरी पुलदेखि सरसफाइ र सौन्दर्यकरण कार्य प्रारम्भ

अभिलाष गुप्ता

वीरगंज, १६ कार्तिक । वीरगंज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे।क्वाटर वीरगंज, र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा “हरियो, स्वच्छ र आकर्षक बीरगंज” अभियानको भव्य शुभारम्भरु गरिएको छ।

आज आइतवार बिहान वीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको अभियानको प्रमुख उद्देश्य वीरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकास गर्नु रहेको आयोजकले बताएका छन्।

कार्यक्रमको अध्यक्षता ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, वीरगंज भन्सार कार्यालयका डिएसपी पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरीको टोली, नगर प्रहरी, वीरगंज महानगरपालिकाका पदाधिकारीहरू, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय सरोकारवाला विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो। फोहोर व्यवस्थापन, सडक छेउका झाडी हटाउने तथा हरियाली विस्तारका कार्यसमेत सम्पन्न गरिएको छ।

कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले भने, वीरगंज नेपालको प्रवेशद्वार हो। यहाँ दैनिक हजारौँ भारतीय पर्यटक र व्यापारीहरू आउँछन्। त्यसैले सहरको सौन्दर्य, सरसफाइ र हरियालीले वीरगंजको पहिचान झल्काउनुपर्छ।उनले थपे, भन्सार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापन हाम्रो प्राथमिकता हो। भारतबाट आउने पाहुनालाई आकर्षित गर्न सहरलाई सुन्दर बनाउनु अत्यावश्यक छ।

खेतानका अनुसार ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सशस्त्र प्रहरी र स्थानीय निकायसँग मिलेर ‘हरियो वीरगंज, स्वच्छ वीरगंज’ अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने तयारी गरेको छ।

उक्त अभियानअन्तर्गत भन्सार क्षेत्र, आदर्शनगर, बाइपास रोड, परवानीपुरदेखि रक्सौलसम्मको सडक किनारामा वृक्षारोपण, फोहोर व्यवस्थापन, र सरसफाइका स्थायी उपायहरू लागू गरिनेछ।

एसपी पुरनचन्द्र भट्टले पहलको प्रशंसा गर्दै भने, सशस्त्र प्रहरी बल समुदायसँग सहकार्यमा वातावरणीय संरक्षण र सहरलाई स्वच्छ राख्न सधैं तयार छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष खेतानले भने, आजदेखि निरन्तर सरसफाइ कार्य सुरु भएको छ। जबसम्म वीरगंज पूर्ण रूपमा सफा र सुन्दर हुँदैन, हाम्रो अभियान रोकिँदैन।उनीले सबै सरोकारवालाहरूलाई अभियानमा जोडिन आह्वान गर्दै जोड दिए, सफा, हरियो र आकर्षक वीरगंज हाम्रो सबैको जिम्मेवारी हो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...