spot_img

21 February ,2026,Saturday

समयलाई जितिँदैन, समयबाट सिकिन्छ : विमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण १७ कार्तिक । “अज्ञानी हुनु त्यति लाजको कुरा होइन, जति सिक्नका लागि तयार नहुनु हो ।” यस्तो विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया प्रभारी तथा सामाजिक अभियन्ता लायन विमल सर्राफले पत्रकारहरूसँग साझेदारी गर्दै व्यक्त गरे ।

उनी भन्छन् – “कलियुगको संसारमा मूल्य उसकै हुन्छ जसले धेरै देखावटी काम गर्छ, जसले साँचो निष्ठा र सम्बन्ध निभाउँछ, उसको कदर हुँदैन। कसैलाई यो महसुस हुन नदिनुहोस् कि तपाईं भाँचिनुभएको छ, किनकि मानिसहरू भाँचिएका घरका इँटा समेत उठाएर लैजान्छन् । भाँचिएको कलम र अर्काप्रतिको जलनले कहिल्यै आफ्नै भाग्य लेख्न दिँदैन ।

समयलाई जित्न सकिँदैन, समयबाट सिक्न सकिन्छ। समय कहिले र कसरी रूप बदल्छ, कसैलाई थाहा हुँदैन। सोच्नुहोस्, प्रभु श्रीरामलाई जस रात राज्याभिषेकको आशा थियो, बिहानै वनवास मिल्यो ।

जीवनका अर्थ अरूबाट नसिकौँ, जीवन तपाईंको हो, त्यसका अर्थ पनि तपाईंले नै तय गर्नुहोस्। जीवन त्यही व्यक्तिको रमाइलो हुन्छ जो आफ्नै कार्यमा व्यस्त हुन्छस पीडा त्यसैलाई हुन्छ जो अरूको खुशीमा जल्छ ।

जब तपाईंको प्रशंसा हुन थाल्छ, त्यसबेला खुसी होइन, सतर्क हुनुपर्छ — किनभने प्रशंसा गर्ने पुलमुनि प्रायः स्वार्थको नदी बगिरहेकी हुन्छ। भविष्यको योजना बनाउनु मात्र भविष्य होइन, आज हामीले के गर्छौं, त्यसैको परिणाम भविष्य हो ।

सुख बिहानको जस्तो हो — मागेर होइन, जागेर पाइन्छ। कठिनाइहरूले जब प्रश्न गर्छन्, धैर्यले मात्र त्यसका सही उत्तर दिन्छ । 

सधैं आफ्ना साना–साना गल्तीहरूबाट जोगिनुहोस्, किनभने मानिस कहिल्यै हिमालबाट होइन, साना ढुंगाहरूमा ठोक्किएर लड्छ। जसरी पानी बिना नदीको अर्थ रहँदैन, त्यसरी नै मधुरता बिना सम्बन्धहरूको पनि कुनै अर्थ रहँदैन ।

यस मायावी संसारको सबैभन्दा ठूलो समस्या यही हो — यहाँ हरेक व्यक्ति आफूलाई बुद्धिमान र चतुर ठान्छ र अरूलाई मूर्ख। सम्पूर्ण ज्ञानको एकमात्र उद्देश्य आफ्नै निर्माण गर्नु हो ।

हरेक दिनको अन्त्य मौनतामा गर्नुहोस् — आफ्नै मनसँग भेट्नुहोस् र भोलिलाई एक साथीझैं स्वागत गर्नुहोस्। नियमितता एक राम्रो बानी हो — यो बनाउन सकिन्छ, चाहे यो योजनाबद्ध अभ्यासबाट बनेको होस् वा रुचि, सम्पर्क, वातावरण र परिस्थितिबाट स्वाभाविक रूपमा विकास भएको होस् ।

अन्ततः, बानी नै मानिसको वास्तविक चरित्र हो । साभार — डा. हरिमंगल प्रसाद

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल