6 November ,2025,Thursday

आगजनीपछि पुनः सञ्चालनतर्फ वीरगंज महानगर, सहयोगको सिलसिला जारी

अभिलाष गुप्ता

वीरगंज, २० कार्तिक । वीरगंज महानगरपालिकालाई पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सहयोगी हातहरूबाट सहयोग प्राप्त हुने क्रम निरन्तर जारी छ ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए । उक्त घटनापछि सेवा प्रवाह प्रभावित बनेको थियो ।

नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने संस्थाको सम्पत्ति जलेपछि त्यसलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना र सामाजिक सङ्गठनहरूले सहयोग पुर्‍याइरहेका छन् ।

यसै क्रममा बिहीबार वीरगंज–२१ परवानीपुरस्थित के.एन.पी. जापान प्रा.लि. ले महानगरपालिकालाई २ थान कम्प्युटर सेट सहयोग गरेको छ । महानगरपालिकाका सद्भावना दूत समेत रहेका वरिष्ठ उद्योगी अशोक वैद्यको पहलमा उद्योगले सो सहयोग उपलब्ध गराएको हो ।

सद्भावना दूत वैद्यको पहलमा यसअघि ब्रिटानिया नेपालले २० थान अफिस कुर्सी सहयोग गरेको थियो । वैद्यका अनुसार, महानगरपालिकाको सेवा प्रवाहमा कुनै अवरोध आउन नदिन आफूले विभिन्न उद्योगी–व्यवसायीसँग समन्वय गर्दै आवश्यक उपकरण तथा कार्यालय सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेका छन् ।

यसअघि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, र औषधी व्यवसायी संघले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन् ।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था तथा उद्यमी समुदायप्रति आभार व्यक्त गर्दै भन्नुभयो,महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ ।

उहाँका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छन् । साथै, महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...