16 November ,2025,Sunday

वडा प्रहरी कार्यालय बिर्ताद्वारा भिड नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २९ कार्तिक । बिर्ता प्रहरीद्वारा भिड नियन्त्रण (Crowd Control) क्षमता सुदृढीकरण उद्देश्यसहित वीरगञ्ज–४ स्थित त्रिजुद्ध माध्यमिक विद्यालयको खेलमैदानमा आज बिहान अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ। सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र तयारी अवस्थामा राख्नु मुख्य उद्देश्य रहेको आयोजनामा प्रहरी जवानदेखि अधिकृत तहसम्मको सहभागीता रहेको थियो।

अभ्यासमा कार्यालय प्रमुख प्रहरी निरीक्षक (प्र.नि.) विक्रम सुवेदीको विशेष उपस्थितिमा प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) सुनिल पनेरु तथा प्रहरी सहायक हवल्दार (प्र.स.ह.) भुपेन्द्र प्रसाद यादवले प्रशिक्षण दिए। बिर्ता प्रहरी तथा मातहतका एकाइहरूबाट गरी २७ जना प्रहरीजन सहभागी रहेको बताइएको छ।

कार्यक्रममा भिड व्यवस्थापनका वैज्ञानिक विधि, आकस्मिक अवस्थाको सामना गर्ने तरिका, टोली संचालन प्रक्रिया, सुरक्षा घेरा निर्माण, भीडलाई निष्क्रिय पार्ने रणनीति लगायतका विषयहरूमा व्यावहारिक प्रशिक्षण दिइयो।

प्रहरीका अनुसार यस किसिमका अभ्यासले आकस्मिक घटनामा द्रुत र प्रभावकारी प्रतिक्रिया दिन सहयोग गर्ने तथा सुरक्षा क्षमतामा थप सुदृढता ल्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...