11 January ,2026,Sunday

प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद भेला सम्पन्न, उत्कृष्ट विद्यालय र दीर्घसेवी शिक्षक सम्मानित

अभिलाष गुप्ता

वीरगंज, २६ पुष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको दोस्रो जिल्ला परिषद भेला–२०८२ शनिबार वीरगंजमा सफलता पूर्वक सम्पन्न भएको छ।“Let all the Private and Boarding Schools be United” भन्ने मूल नारासहित आयोजित भेलामा निजी विद्यालयहरूको एकता, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–विद्यार्थी हित तथा शिक्षा क्षेत्रमा देखिएका समसामयिक चुनौतीहरूबारे व्यापक छलफल गरिएको थियो।

भेलामा प्याब्सनका जिल्ला, प्रदेश तथा केन्द्रीय तहका पदाधिकारीहरू, निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निजी विद्यालयहरू बीच सहकार्य, समन्वय र संस्थागत सुदृढीकरणलाई थप बलियो बनाउने निष्कर्ष भेलाले निकालेको आयोजकले बताएका छन्। भेला २०८२ साल पौष २६ गते शनिबार वीरगंजस्थित एक होटलमा सम्पन्न भएको हो।

२०८१ मा उत्कृष्ट नतिजा ल्याएका विद्यालय सम्मानित
कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालयहरूलाई विशेष सम्मान प्रदान गरिएको छ।
३.९० जीपीए हासिल गर्न सफल गौतम माध्यमिक विद्यालय तथा १०० प्रतिशत नतिजा ल्याउन सफल मस्कट एकेडेमी लाई विशेष सम्मान गरिएको हो।

वक्ताहरूले विद्यालयहरूको शैक्षिक गुणस्तर, अनुशासन र निरन्तर मेहनतको प्रशंसा गर्दै यस्ता उपलब्धिले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र सुधारको वातावरण सिर्जना गर्ने बताए।

छोटो अवधिमै उत्कृष्ट काम गरेकोमा प्याब्सन वीरगंज सम्मानित
छोटो अवधिमै शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्याब्सन वीरगंजलाई जिल्ला पर्साबाट सम्मान प्रदान गरिएको छ। निजी विद्यालयहरूको समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजकले जनाएको छ।

१० वर्षभन्दा बढी सेवा गर्ने ३० जना शिक्षक–शिक्षिका सम्मानित
कार्यक्रममा एउटै विद्यालयमा १० वर्ष वा सोभन्दा बढी समय निरन्तर सेवा प्रदान गरेका ३० जना शिक्षक तथा शिक्षिकालाई सम्मान गरिएको छ।
सम्मानित हुने प्रमुख शिक्षक–शिक्षिकाहरूमा
३१ वर्ष निरन्तर सेवा गरेकी सुशिला शेर्पा (डी.ए.भी. आरबी केडिया स्कुल),४० वर्ष सेवा गरेका रामनरेश पाण्डे (आदर्श माध्यमिक विद्यालय),
२६ वर्ष सेवा गरेका सिपेन्द्र गुप्ता (गौतम माध्यमिक विद्यालय),
१५ वर्ष सेवा गरेका रमेश कुमार चौधरी (विद्या सागर विद्यालय)
लगायत रहेका छन्। दीर्घकालीन सेवा, समर्पण र शिक्षामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै शिक्षक–शिक्षिकालाई सम्मान गरिएको आयोजकले जनाएको छ।

शिक्षा क्षेत्रका चुनौती र समाधानबारे छलफल
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष किशोर गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पूरण प्रधान, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले आ–आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले निजी तथा संस्थागत विद्यालयहरूको भूमिकाबारे चर्चा गर्दै शिक्षा क्षेत्रमा देखिएका चुनौती, सुधारका उपाय र गुणस्तरीय शिक्षाका लागि सहकार्यको आवश्यकता औंल्याएका थिए।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल