28 June ,2026,Sunday

माघे संक्रान्तिको अवसरमा वीरगंजमा हिन्दु स्वयंसेवक संघ नेपालको ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०१ माघ । हिन्दु स्वयंसेवक संघ नेपालले समाजमा समता, ममता र समरसताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरेको ‘समरसता उत्सव’ पर्सा जिल्लाको ऐतिहासिक गहवामाई मन्दिर परिसर, वीरगञ्जमा माघे संक्रान्तिको शुभ अवसरमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम २०८२ साल माघ १ गते सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमको शुभारम्भ विश्व हिन्दु परिषद नेपालका विशिष्ट व्यक्तित्वहरूले दीप प्रज्वलन गरी गर्नुभएको थियो। ‘संगठित हिन्दु, समर्थ नेपाल’ भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजित यस कार्यक्रममा समाजका विभिन्न वर्ग, समुदाय तथा क्षेत्रका नागरिकहरूको उल्लेखनीय र समान सहभागिता रहेको विश्व हिन्दु परिषद नेपाल पर्साका सचिव दिपेन्द्र सर्फले जानकारी दिनुभयो।

आयोजकका अनुसार कार्यक्रममार्फत धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रवर्द्धन गर्नुका साथै आपसी भाइचारा, सद्भाव र समभावलाई थप मजबुत बनाउने लक्ष्य राखिएको थियो।

समरसता उत्सवको अवसरमा महाप्रसाद (खिचडी) पर्व समेत आयोजना गरिएको थियो, जहाँ सहभागी सबैले एउटै स्थानमा बसेर महाप्रसाद ग्रहण गर्दै आपसी आत्मीयता प्रकट गरेका थिए।

सबै वर्गका सहभागीहरूले सामूहिक रूपमा महाप्रसाद ग्रहण गर्दा सामाजिक समानता र समभावको अनुभूति भएको जनाउँदै यसले समाजमा विद्यमान विभेद, असमानता र दूरी कम गरी एकताको भावना सुदृढ बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका सदस्यहरूद्वारा परेड, धार्मिक अनुष्ठान, सामूहिक सहभागिता, सांस्कृतिक झल्को तथा समरसताको सन्देशमूलक विभिन्न गतिविधिहरू प्रस्तुत गरिएको थियो।

हिन्दु स्वयंसेवक संघ नेपालले सम्पूर्ण धर्मावलम्बी, सामाजिक अभियन्ता, युवा तथा आम नागरिकलाई यस्ता कार्यक्रममार्फत समरस, सशक्त र संगठित समाज निर्माणका लागि हातेमालो गर्न आह्वान समेत गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...