spot_img

16 January ,2026,Friday

श्री सिरडी साई बाबा मंदिर सेवा ट्रस्टद्धारा हिन्दू पत्रकार संघ नेपाल समानित

अभिलाष गुप्ता

वीरगंज, ०१ माघ ।  श्री सिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय कार्य समितिलाई एक भव्य तथा सम्मानपूर्ण समारोहका बीच विशेष सम्मान प्रदान गरिएको छ। उक्त कार्यक्रममा संघका केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम मंसिरका संरक्षक निरज सरार्फ तथा हिन्दू पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संयुक्त रुपले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा धर्म, संस्कृति र पत्रकारिता मार्फत समाजसेवामा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै हिन्दू पत्रकार संघ नेपाललाई सम्मान गरिएको ट्रस्टले जनाएको छ।

पत्रकारितालाई सामाजिक चेतना, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचान संरक्षणको प्रभावकारी माध्यम बनाउँदै आएको संघको भूमिकाको प्रशंसा गर्दै संघका अध्यक्ष लगायत सम्पूर्ण केन्द्रीय कार्य समिति का सदस्य हरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो।

कार्यक्रममा बोल्दै संघ का अध्यक्ष रौनियार ले हामी कहिले पनि हाम्रो काम कर्तव्य बाट पछी न हटने तथा यो समान ले झन हामी लाई कर्तव्य बोध गराई रहने छन ।

पत्रकारिताले समाजलाई सही दिशा दिने काम गर्नुका साथै धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा रौनियार ले जोड दिएका थिए। साथै, समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सम्मान कार्यक्रमले पत्रकारहरूलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गरिएको थियो।

हिन्दू पत्रकार संघ नेपालका प्रतिनिधिहरूले सम्मानप्रति श्री सिस्डी साई बाबा मन्दिर सेवा ट्रस्टलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सत्य, निष्पक्ष र समाजहितमा केन्द्रित पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उक्त सम्मान समारोहले धर्म, संस्कृति र पत्रकारिताबीचको आपसी सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको ट्रष्ट का अध्यक्ष प्रवेश सरार्फले जनाए। कार्यक्रममा ट्रष्ट का संरक्षक निरज सरार्फ अध्यक्ष प्रवेश सरार्फ उपाध्यक्ष संजय कुशवाहा दिपेन्द्र श्रेष्ठ आकाश सरार्फ तथा हिन्दू पत्रकार संघ नेपाल का अध्यक्ष राजन रौनियार उपाध्यक्ष बिनोद पटेल, कोषाध्यक्ष आनन्द पटेल,अभिलाष गुप्ता लगायत ट्रष्टका सम्पूर्ण सदस्य तथा संघका केन्द्रीय कार्य समितिका सबै सदस्य हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल