अभिलाष गुप्ता
वीरगंज, ०२ माघ । विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता तथा आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ डी.ए.भी. आर.बी. केडिया स्कूल, वीरगंजले चौथो संस्करणको “स्वर्गीय श्री शंकरलाल केडियाको ९० औँ जन्मजयन्तीको स्मृतिमा शंकरलाल केडिया मेमोरियल अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०२६” आयोजना गरेको छ। प्रतियोगिताको उद्घाटन शुक्रबार डी.ए.भी. आर.बी. केडिया स्कूलको खेलमैदानमा सशस्त्र प्रहरीका डिएसपी बिष्णुहरि घिमिरेले गर्नुभएको हो।

उद्घाटन समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनील केडियाको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा उपाध्यक्ष डा. विजय अग्रवाल, नेसनल मेडिकल कलेजका सहवाज अन्सारी, एसएमसी सदस्य सौरव केडिया, वडा अध्यक्ष गम्भीर पटेल, चैनपुर प्याप्सनका केन्द्रीय सदस्य छेडुप लामा, शिक्षा विभाग प्रमुख रविन्द्र मिश्र, प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोज चौधरी, प्याप्सन सचिव अशोक संग्रौला, प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, डी.पी.एस.का प्रिन्सिपल पुरण प्रधान, ज्ञानदाका सीईओ राजेन्द्र कोइराला, ज्ञानदाकी उप–प्रिन्सिपल जागृति मिश्र।
जीवन ज्योति स्कुलका डाइरेक्टर तथा प्रिन्सिपल शिव गुप्ता ज्योति, कदमबारीका प्रिन्सिपल राजेन्द्र आचार्य, पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, केडिया आँखा अस्पतालका प्रबन्धक प्रकाश वर्मा, गौतम स्कुलका प्रिन्सिपल गणेश क्षेत्री, कदमबारीका निर्देशक दीपक तुल्स्यान, देवेश गुप्ता, ओम झा, धिराज दरुका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य डी.ए.भी. स्कुलका प्रिन्सिपल राकेश मिश्राले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण मेघा दाधीचले गर्नुभएको थियो। प्रतियोगिताको संयोजक उपेन्द्र पटेल रहेको विद्यालय प्रशासनले जनाएको छ।

प्रधानाध्यापक राकेश मिश्रका अनुसार प्रतियोगिता माघ २ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दिन दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म खेलहरू सञ्चालन हुनेछन्। उहाँले प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “शिक्षासँगै खेलकुद अत्यन्त आवश्यक रहेकोले स्वर्गीय शंकरलाल केडियाले देखाउनुभएको शिक्षा र सामाजिक सेवाको मार्गलाई आत्मसात् गर्दै १४ वटा विद्यालयका विद्यार्थीहरूलाई सकारात्मक दिशामा अघि बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो,” प्रिन्सिपल मिश्रले भन्नुभयो।
उहाँका अनुसार प्रतियोगिता केवल खेलमा सीमित नरही जीवनमा अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई ग्रहण गर्ने संस्कार विकास गर्ने माध्यम पनि हो, जसले विद्यार्थीहरूलाई भविष्यमा राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरसम्म उल्लेखनीय योगदान दिन सक्षम बनाउने लक्ष्य राखेको छ।

उक्त प्रतियोगितामा डी.ए.भी., डी.पी.एस., ए.भी.आर.एच., स्कुल पाल, क्याम्ब्रिज, मोडर्न, लिटल फ्लावर, कदमबारी, मुनलाइट, नेपाल कावेरी, बेकन, मेरिगोल्ड, मनकामना, गौतम, साउथ जोन तथा जीवन ज्योति गरी १४ वटा विद्यालयको सहभागिता रहेको छ।
विद्यालय प्रशासनले खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा लिँदै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। यस प्रतियोगिता मार्फत विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन हुनुका साथै नयाँ तथा प्रतिभावान खेलाडीहरूको पहिचान र प्रोत्साहन हुने अपेक्षा गरिएको छ। साथै, विद्यालयले खेलप्रेमी विद्यार्थी, अभिभावक तथा खेलकुदप्रेमीहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रहसमेत गरेको थियोे।





