spot_img

17 January ,2026,Saturday

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न, एकता र निर्वाचन तयारीमा जोड

वीरगंज, ०३ माघ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिको आयोजनामा आज शनिबार पार्टी कार्यालयको प्राङ्गणमा क्षेत्रीय भेला सम्पन्न भएको छ। भेलाको अध्यक्षता कर्यावाहक सभापति अनिल सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संविधान सभा सदस्य अनिल कुमार रूङटा सहभागी रहनु भएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिमा पार्टी उप–सभापति रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाका उप–मेयर तथा जिल्ला सचिव इम्तियाज आलम, पुर्व उपमेयर तथा अभिभावक शान्ति  कार्की, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यहरू सहभागी रहनु भएको थियो। भेलामा बूथ सभापति, तरुण दल, नेपाल विद्यार्थी संघ तथा क्षेत्र अन्तर्गतका सम्पूर्ण वडाका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भेलालाई सम्बोधन गर्दै उप–सभापति रामनारायण कुर्मीले ३० गतेका लागि तय गरिएको भेला आज ३ गते हुन पुगेकोप्रति बिडम्बना व्यक्त गर्नुभयो। उहाँले नेपाली कांग्रेसभित्र देखिएको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्दै अब यस्ता प्रवृत्ति छोडेर एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कुर्मीले भेलाको मुख्य उद्देश्य फागुन २१ गते हुने आम निर्वाचनमा क्षेत्र नं. १ का उम्मेदवारलाई कसरी जिताउने भन्ने विषयमा केन्द्रित रहेको बताउनुभयो। उहाँका अनुसार माघ ६ गते मंगलबार उम्मेदवारी दर्ता गरिनेछ र त्यसका लागि संगठनलाई थप सक्रिय बनाउँदै चुनावी माहोल सिर्जना गर्न आवश्यक छ। चुनावको समयमा कार्यकर्तामा उत्साह जगाउने, घर–घरमा कांग्रेसको सन्देश पुर्‍याउने र सहमति तथा एकताको आधारमा अघि बढ्नु आजको आवश्यकता भएको उहाँको भनाइ थियो।

उप–सभापति कुर्मीले गुट–उपगुट त्यागेर सबै एक भएर क्षेत्र नं. १ का उम्मेदवारका रूपमा अनिल कुमार रूङटाको नाम सिफारिस भइसकेको जानकारी दिँदै उहाँलाई विजयी गराउन सम्पूर्ण नेता–कार्यकर्तालाई एकजुट हुन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि अनिल कुमार रूङटाले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ताबीच समन्वय र जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै आगामी निर्वाचनमा विजय हासिल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले पनि कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गर्दै अनुशासन, एकता र सक्रियता मार्फत आगामी निर्वाचनमा पार्टीलाई सफलता दिलाउन सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल