कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका आनन्द लामिछानेले नवदीप एकेडेमीलाई एक नमुना विद्यालयको रूपमा स्थापित भएको बताउँदै नवदिप एकेडेमी यो वर्षबाट माध्यमिक विद्यालयको अध्यापन गराउने इजाजत प्राप्त गरेकोले सफलताको शुभकामना दिनुभयो । साना बालबालिकाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमको प्रशंसा गर्दै उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, संस्कृति तथा अतिरिक्त क्रियाकलापमा निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले वार्षिक उत्सव मार्फत अभिभावकहरूले वर्षभरि सञ्चालन गरिएका शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिको प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले बालबालिकाको सिकाइ वातावरण बुझ्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथिका रूपमा प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ सल्लाहकार प्रकाश उपाध्यायले विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य तथा मानव सेवा संस्थापक देवेश साह, प्याब्सन वीरगंज नगर अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन प्रदेश उपाध्यक्ष इमामुदिन अहमद, नगर सचिव अमित आलोक, पूर्व नगर अध्यक्ष आलोक चौरसिया, पूर्व सचिव रानी पाख्रिन, माँ जागरण मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार राजन कुमार सिंह, जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई तथा सानो पाइला संस्थाका सदस्य रामकुमार तामाङलगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा PG देखि कक्षा २ सम्मका विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा नाट्य प्रस्तुति प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरू बाट भरपूर प्रशंसा बटुलेका थिए । कार्यक्रममा सहभागी अभिभावक तथा अतिथिहरूले नवदीप एकेडेमीको शैक्षिक गुणस्तर, अनुशासन र विद्यार्थीको बहुआयामिक विकासप्रति सन्तोष व्यक्त गरेका थिए ।



