spot_img

21 January ,2026,Wednesday

विद्यालयमा अन्तर–हाउस संस्कृति फेसन शो प्रतियोगिता सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०६ माघ । विद्या सदन माध्यमिक विद्यालयमा आज अन्तर–हाउस संस्कृति फेसन शो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता विद्यार्थीहरूको उमेर र कक्षा अनुसार तीन समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो। समूह ‘क’ (नर्सरीदेखि कक्षा १), समूह ‘ख’ (कक्षा २ देखि ५) र समूह ‘ग’ (कक्षा ६ देखि १०) रहेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले नेपालका विभिन्न जाति, समुदाय र संस्कृतिसँग सम्बन्धित परम्परागत तथा आधुनिक भेषभूषा प्रस्तुत गर्दै देशको सांस्कृतिक विविधतालाई आकर्षक र जीवन्त रूपमा प्रदर्शन गरेका थिए। यस अवसरमा राष्ट्रनिर्माता राजा पृथ्वी नारायण शाहको “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो” भन्ने ऐतिहासिक भनाइलाई आत्मसात गर्दै कार्यक्रमले राष्ट्रिय एकता, आपसी सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गरेको थियो ।

समूह ‘क’ अन्तर्गत नेपाली परम्परागत पोशाक प्रस्तुत गर्ने सान्भी के.सी. (युकेजी ‘ए’) र सोरुका बस्नेत (युकेजी ‘ए’) ले प्रथम पदक प्राप्त गरे । थारु समुदायको पोशाकमा अलिना कुमारी गुप्ता (कक्षा १ ‘बी’) र राहुल कुमार पटेल (युकेजी ‘बी’) ले द्वितीय पदक हासिल गरे भने नेवारी समुदायको पोशाक प्रस्तुत गर्ने सान्भी गुप्ता (युकेजी ‘ए’) र सुरज कुमार साह (युकेजी ‘ए’) ले तृतीय पदक प्राप्त गरे ।

समूह ‘ख’ मा मगर समुदायको पोशाक प्रस्तुत गर्ने सोनम कुमारी गुप्ता (कक्षा ३ ‘ए’) र राज आलम (कक्षा ४ ‘ए’) ले प्रथम पदक जिते। शेर्पा समुदायको पोशाकमा स्नेहा कुमारी चौहान (कक्षा ३ ‘बी’) र आसिफ अन्सारी (कक्षा ३ ‘बी’) ले द्वितीय पदक प्राप्त गरे भने मगर समुदायकै पोशाकमा स्नेहा खड्का (कक्षा ४ ‘बी’) र अब्दुल मलिक (कक्षा ५ ‘ए’) ले तृतीय पदक हासिल गरे ।

समूह ‘ग’ अन्तर्गत मुस्लिम समुदायको भेषभूषा प्रस्तुत गर्ने मेराब अन्सारी (कक्षा १० ‘ए’) र साहिन प्रविण (कक्षा १० ‘ए’) ले प्रथम पदक प्राप्त गरे। मधेसी समुदायको पोशाकमा स्नेहा कुमारी (कक्षा १० ‘बी’) ले द्वितीय पदक जितिन् भने आधुनिक साडीमा आध्या खड्का (कक्षा ८ ‘ए’) र अरबी मुस्लिम पोशाकमा आयान अन्सारी (कक्षा ९) ले संयुक्त रूपमा तृतीय पदक प्राप्त गरे ।

प्रतियोगितामा सफल सबै विद्यार्थीहरूलाई प्रमाणपत्र, पदक तथा चोकोफन पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार वितरण विद्यालयका प्रधानाध्यापक लाल बहादुर गुरुङ, कार्यक्रमका निर्णायक श्रीमती उमा गुरुङ तथा कार्यक्रम संयोजक सुष्मिता कुमारी गुप्ता द्वारा संयुक्त रूपमा गरिएको थियो ।

विद्यालय प्रशासनका अनुसार आगामी मिति २०८२ साल माघ १६ गते वार्षिक सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना, राष्ट्रिय एकता, विविधतामा एकता र आपसी सम्मानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल