28 June ,2026,Sunday

वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायद्वारा शुक्रराज स्कुलका बालबालिकालाई न्यानो कपडा वितरण

अभिलाष गुप्ता

वीरगंज, ०६ माघ । वीरगंज–१६ स्थित ऐतिहासिक श्री नेपाल आधारभूत विद्यालय शुक्रराजमा वरिष्ठ समाजसेवी एवं अधिवक्ता प्रकाश कुमार उपाध्यायको पहलमा आज अध्ययनरत विद्यार्थीहरूलाई नयाँ न्यानो स्वेटर वितरण गरिएको छ ।

उक्त कार्यक्रममा समाजसेवी एवं शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानका अध्यक्ष मुना खनाल, वीरगंज कपडा बैंकका अध्यक्ष लाल बाबु सिंह, समाजसेवी प्रदीप अग्रवाल, श्रवण रायमाझी, बब्लु श्रीवास्तव, विद्यालय व्यवस्थापन समिति का अध्यक्ष संजय महतो, पूर्व अध्यक्ष तारा चन्द्र पंडित, विद्यालयका सहायक शिक्षक सत्रुधन कुमार मिश्र, धर्मराज जोशी, सपना यादव, बाल विकास शिक्षक रुविता कुमारी गुप्ता, रन्जना कुमारी दास, तथा कार्यालय सहयोगी योगानन्द पाण्डेलगायतका महानुभावहरूको उपस्थिति रहेको थियो

कार्यक्रममा प्रमुख अतिथि भएर बोल्दै वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले शिक्षा क्षेत्रमा विकासका लागि समाजका सबै वर्गले सहकार्य गर्दै बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन आफूले सधैं अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहिद शुक्रराजको नाममा स्थापना भएको विद्यालयमा आफ्नो बाल्यकाल सम्झँदै सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो। साथै, यसलाई केवल शुभारम्भ मात्र भएको र आफू सधैं विद्यार्थीहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापनमा विद्यालयका सहायक शिक्षक सत्रुधन कुमार पाण्डेले उपस्थित सबै अतिथिहरू र सहयोगीहरू प्रति धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रमको सहजिकरण समाजसेवी लाल बाबु सिंहले गर्नुभएको थियो ।

उक्त कार्यक्रमले विद्यालयका बालबालिकामा हर्ष र उत्साह फैलाउने मात्र नभई समाजमा सहयोग र सहकार्यको महत्त्वलाई पनि उजागर गरेको छ

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...