28 June ,2026,Sunday

श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ मूनलाइट र लिटल फ्लावर सेमिफाइनलमा प्रवेश

अभिलाष गुप्ता

वीरगंज, ०७ माघ । डी.ए.भी. आर.बी. केडिया स्कूल द्वारा सञ्चालित श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज सम्पन्न खेलहरूमा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ।

आज सम्पन्न पहिलो खेलमा मूनलाइट सेकेन्डरी स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै मोडर्न हाई स्कूललाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको मूनलाइटले खेलभरि नियन्त्रण कायम राख्दै सहज जित निकालेको हो। उक्त खेलमा मूनलाइट सेकेन्डरी स्कूलका अबुलेश गद्दीले प्रभावशाली प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि प्राप्त गरेका थिए।

त्यसैगरी, आजै सम्पन्न दोस्रो खेलमा लिटल फ्लावर स्कूलले डी.ए.भी. स्कूललाई ६–२ गोलको अन्तरले पराजित गरेको छ। दुबै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि लिटल फ्लावरले आक्रामक खेल रणनीतिका कारण स्पष्ट जित दर्ता गर्न सफल भयो। उक्त खेलमा लिटल फ्लावर स्कूलका दीपक यादव उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।

आज सम्पन्न खेलहरूको नतिजासँगै मूनलाइट सेकेन्डरी स्कूल र लिटल फ्लावर स्कूल प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। प्रतियोगिता का आगामी खेलहरू अझै रोचक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...