spot_img

23 January ,2026,Friday

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती, ८ माघः मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डअन्तर्गत मकवानपुरको बकैयाँ गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्कीका ५० वर्षीय अनुराग श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । जितपुरको भञ्ज्याङबाट ठिङ्गनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०९५२ नम्बरको ट्रक र मधेस प्रदेश ०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकापसमा ठोक्किएका हुन् ।
यस्तै, हेटाँैडा उपमहानगरपालिका–१७ सानोगङ्टेमा करेन्ट लागेर विद्युतको ट्रान्समिटर बनाउने कामदारको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार विद्युत्को ट्रान्समिटर बनाउने क्रममा करेन्ट लागेर मनहरी गाउँपालिका–५ वसन्तपुरका २७ वर्षीय आदर्श भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल