spot_img

23 January ,2026,Friday

पर्सा क्षेत्र नं. २ को विकासका लागि अजय चौरसियाको विकल्प छैन: डा. पुरुषोतम दुबे

अभिलाष गुप्ता

​वीरगंज, ०८ माघ ।  नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य डा. पुरुषोतम दुबेले पर्सा क्षेत्र नम्बर २ को सर्वाङ्गिण विकास र लोकतन्त्रको रक्षाका लागि अजय कुमार चौरसियालाई विजयी गराउनुको विकल्प नरहेको बताउनुभएको छ । आगामी निर्वाचनको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. दुबेले नेता चौरसिया यस क्षेत्रका लागि केवल उम्मेदवार मात्र नभई समृद्धिको सौभाग्य भएको दाबी गर्नुभयो ।

​आफ्नो अपीलमा डा. दुबेले अजय चौरसियाको व्यक्तित्वको चर्चा गर्दै भन्नुभयो, “चौरसिया जीले आफ्नो सम्पूर्ण जीवन देश, समाज, युवा, महिला र किसानको उत्थानमा समर्पित गर्नुभएको छ । उहाँ यस्तो नेता हुनुहुन्छ जसले हरेक नागरिकलाई खुला हृदयले सत्कार र सम्मान गर्नुहुन्छ । उहाँ जस्तो सुझबुझपूर्ण र शालीन नेतृत्व पाउनु पर्सावासीको लागि सौभाग्य हो ।

​नेता चौरसियाको कार्यकालमा भएका विकास निर्माणका कार्यहरूको चर्चा गर्दै डा. दुबेले थप्नुभयो, “उहाँले सडक, बिजुली, खानेपानी, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुभएको छ । ती सबै कार्यहरू पारदर्शी र जनमुखी छन् । सडकदेखि सदनसम्म जनताको आवाज बनेर उहाँले सधैं लोकतन्त्रलाई मजबुत बनाउनुभएको छ ।

​पार्टीभित्रको पछिल्लो सन्दर्भ जोड्दै डा. दुबेले भन्नुभयो, “आज देशभरि आदरणीय नेता गगन थापाले जुन युवा नेतृत्व र सुशासनको आवाज उठाइरहनुभएको छ, त्यसलाई सदनमा बलियो साथ दिन अजय चौरसिया जस्तो अनुभवी नेताको उपस्थिति अनिवार्य छ । गगन थापाको नवीन सोच र चौरसियाको लामो राजनीतिक अनुभवको संगमले मात्रै कांग्रेस र देशलाई सही दिशा दिनेछ ।

​अन्तमा, डा. दुबेले पर्सा क्षेत्र नम्बर २ का सम्पूर्ण आम मतदाताहरूलाई एकजुट हुन आग्रह गर्दै भन्नुभयो, “भावना र भ्रमको पछि नलागी विकासको तथ्यलाई हेरेर आगामी निर्वाचनमा रुख (गाछी) छापमा मतदान गरी अजय चौरसियालाई अत्यधिक बहुमतले विजयी बनाउन म हार्दिक अपील गर्दछु ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल