28 June ,2026,Sunday

पर्सा–२ बाट रास्वपाका उम्मेदवार सुशील साह कानुले पर्सागढी मन्दिरमा पूजा गरेर सुरु गरे चुनावी अभियान

अभिलाष गुप्ता

वीरगंज, ०८ माघ । पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानुले ऐतिहासिक स्थल पर्सागढीमा अवस्थित पारसनाथ बाबाको मन्दिरमा दर्शन तथा पूजापाठ गरी आफ्नो चुनावी प्रचार अभियानको औपचारिक शुभारम्भ गरेका छन्।

अंग्रेज सेनाविरुद्ध गोर्खाली सेनाले विजय हासिल गरेको ऐतिहासिक महत्व बोकेको पर्सागढीस्थित मन्दिरमा बिहीबार बिहान पूजापाठ गरेपछि कानुले चुनावी अभियान सुरु गरेका हुन्। दर्शन सम्पन्न पश्चात् उनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूसँगै पर्सागढी नगरपालिका वडा नम्बर ४, ५ र ६ मा पुगेर स्थानीय मतदातासँग भेटघाट तथा छलफल गरेका थिए।

ऐतिहासिक मन्दिरमा आशीर्वाद लिएर अभियानको सुरुवात गरेको उल्लेख गर्दै कानुले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, अंग्रेजविरुद्धको युद्धमा नेपाली वीरताले दिलाएको विजयको साक्षी यही भूमि हो। पुर्खाहरूले जोगाएर राखेको हाम्रो नेपाली पहिचान, स्वाभिमान र गरिमालाई पुनः शिखरमा पुर्‍याउँदै प्रत्येक नेपालीको सुरक्षित भविष्य र देशको प्रगतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट पर्सा–२ मा अघि बढेको छु।

इतिहास बदल्ने यात्राको सुरुवात पर्सागढी मन्दिरबाट गर्दा आफू अत्यन्तै ऊर्जाशील र प्रेरित महसुस गरेको कानुले बताएका छन्। साथै, आफ्नो चुनावी अभियानलाई सफल बनाउन सम्पूर्ण मतदाताको सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरेका छन्।

पर्सा क्षेत्र नम्बर २ अन्तर्गत वीरगंज महानगरपालिकाका ३२ मध्ये १३ वडा, पर्सागढी नगरपालिकाका सबै ९ वडा तथा बहुदरमाई नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ गरी कुल २६ वटा वडा पर्दछन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...