spot_img

23 January ,2026,Friday

श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२: मुनलाइट र लिटिल फ्लावर फाइनलमा प्रवेश

अभिलाष गुप्ता

वीरगंज, ०८ माघ । डी.ए.भी. आर.बी. केडिया विद्यालयको आयोजनामा सञ्चालन भइरहेको श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज सेमिफाइनल चरणका खेलहरू सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक र उत्साहपूर्ण खेलहरूबीच दुई विद्यालय फाइनलमा स्थान सुरक्षित गर्न सफल भएका छन्।

आज (बुधबार) सम्पन्न पहिलो सेमिफाइनल खेलमा मुनलाइट सेकेन्डरी स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै साउथजोन सेकेन्डरी स्कूललाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको मुनलाइटले विपक्षी टोलीलाई दबाबमा राख्दै खेल आफ्नो पक्षमा पारेको हो। उक्त खेलमा मुनलाइट सेकेन्डरी स्कूलका लव गोसाईले प्रभावशाली खेल प्रदर्शन गरेपछि उनी म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा लिटिल फ्लावर स्कूलले मानकामना स्कूलमाथि ३–१ गोलको जित निकाल्दै फाइनल यात्रा तय गरेको छ। खेलभरि सन्तुलित र संयमित खेल प्रस्तुत गरेको लिटिल फ्लावरले निर्णायक क्षणहरूमा गोल गर्दै जित सुनिश्चित गरेको हो। उक्त खेलमा लिटिल फ्लावर स्कूलका सागर साह उत्कृष्ट खेल प्रदर्शनका कारण म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको फाइनल खेल अब मुनलाइट सेकेन्डरी स्कूल र लिटिल फ्लावर स्कूलबीच आगामी शनिबार दिउँसो १ बजे सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक राकेश मिश्राले जानकारी दिएका छन्। फाइनल खेललाई लिएर विद्यार्थी, अभिभावक तथा खेलप्रेमीहरूबीच विशेष उत्साह देखिएको छ।

विद्यालयस्तरमा फुटबल खेलको प्रवर्द्धन, विद्यार्थीहरूमा खेलकुद भावना विकास तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल