spot_img

25 January ,2026,Sunday

वीरगंज कपडा बैंक द्वारा कालिकामाइमा नि:शुल्क कम्बल वितरण

अभिलाष गुप्ता

वीरगंज, १० माघ । वीरगंज कपडा बैंकले कालिकामाई गाउपालिका ४ मा नि:शुल्क कम्बल वितरण गरेको छ। कालिकामाई गाउपालिका ४ स्तिथ परशुरामपुर बलुवा टोलका दलित एवं एकल महिलाहरुलाइ २० थान कम्बल वितरण गरिएको सदस्य युवा समाजसेवी नवराज भट्टराईले बताउनु भयो । सो कम्बल सहयोग बिरगंज कपडा बैंक का सल्लाहकार समाजसेवी राजेश बर्णवालले उपलब्ध गराएका हुन ।

सो अवसरमा प्रमुख अतिथी वडा अध्यक्ष साहले दिनदुखी असहाय बिपन्नको सेवा सहयोगमा हामिसबैले सक्दो दान सहयोग गर्नु पर्दछ किनभने सेवा नै सर्वोत्तम धर्म हो बताउदै सम्पुर्णलाई मानवताको मर्म अनुरुप सेवा सहयोग गर्न आग्रह गर्दै बिरगंज देखि यहाँ आएर थोरै भए पनि कम्बल सहयोग उपलब्ध गराउने बिरगंज कपडा बैंकको मुक्त कण्ठले प्रसंशा गरेका थिए ।

वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो निशुल्क कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथी कालिकामाइ गाउपालिका ४ का वडाअध्यक्ष संजय कुमार साह ,अतिथी स्थानिय समाजसेवी सिकन्दर देवान ,बैंकका सदस्य युवा समाजसेवी केदार गुप्ता लगायत स्थानीय अग्रज युवा महिलाहरुको सहभागिता रहेकों थियो ।

सो कार्यक्रममा अध्यक्ष सिंहले सेवा नै धर्म हो को मुलमन्त्रलाई आत्मसात गरि कपडा बिना कोहि पनि नाङ्गो नरहोस भनी तपाई संग धेरै छ भने हामिलाइ दिनुस र तपाईहरु लाई आवश्यकता छ, कमि छ भने हामी संग निशुल्क लियेर जानुस भनी विगत ७ वर्ष देखि दाताहरु संग लियेर दिनदुखी असहायको सेवा सहयोग गर्दै आइरहेको बताउदै , आजको कम्बल सहयोग उपलब्ध गराइदिने बैंकका सल्लाहकार समाजसेवी राजेश बर्णवाल प्रती आभार जताउदै मानवीय सेवामा कार्यरत बैकलाइ सहयोग गर्ने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार ,पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गर्दै गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल