28 June ,2026,Sunday

शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबलको उपाधि मुनलाइट सेकेन्डरी स्कुललाई

अभिलाष गुप्ता

वीरगंज, १० माघ । डी.ए.भी. आर.बी. केडिया विद्यालयद्वारा सञ्चालित श्री शंकरलाल केडिया मेमोरियल अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत फाइनल चरणको खेल आज सम्पन्न भएको छ।आज सम्पन्न फाइनल खेलमा मुनलाइट सेकेन्डरी स्कुलले लिटल फ्लावर स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा मुनलाइट स्कुलका सुरेश मुखिया ले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच को उपाधि प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत विभिन्न विधातर्फ उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको छ। उत्कृष्ट गोलरक्षक तर्फ मुनलाइट स्कुलका राहुल पटेल, उत्कृष्ट डिफेन्डर तर्फ रौनक चौधरी, उत्कृष्ट मिडफिल्डर तर्फ लिटल फ्लावर स्कुलका दीपक यादव र उत्कृष्ट स्ट्राइकर तर्फ सागर साह चयन भएका छन्। यस्तै, प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेका मुनलाइट स्कुलका अबुलेश गद्दी म्यान अफ द टुर्नामेन्ट घोषित भए भने क्याम्ब्रिज एकेडेमी, रक्सौल ले फेयर प्ले टिम को उपाधि प्राप्त गरेको छ।

विजेता मुनलाइट सेकेन्डरी स्कुललाई १५ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता लिटल फ्लावर स्कुललाई १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका कर्नेल लोकेन्द्र कार्की रहेका थिए भने कार्यक्रमको सभापतित्व सुनील केडियाले गरेका थिए।

विद्यालयका प्रधानाध्यापक राकेश मिश्रले प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए।कार्यक्रमका क्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...