28 June ,2026,Sunday

प्याब्सन अन्तर विद्यालय खेलकुदः क्रिकेटमा तीन खेल सम्पन्न, फुटबलमा एसआर ग्यालेक्सी विजयी

अभिलाष गुप्ता

वीरगंज, १० माघ । प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत दोस्रो दिन तीन खेल सम्पन्न भएका छन् । दोस्रो दिनको पहिलो खेल लिटल एन्जल्स मावि र ज्ञानदा एकेडेमीबीच भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको लिटल एन्जल्स माविले १५ ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ज्ञानदा एकेडेमीले ११.४ ओभरमै ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै ४ विकेटले विजय हासिल गर्‍यो। खेलको म्यान अफ द म्याच ज्ञानदा एकेडेमीका आदित्य महतो घोषित भए ।

दोस्रो खेल माउण्ट मकालु र मालिनी एकेडेमीबीच सम्पन्न भयो । टस जितेर बलिङ रोजेको मालिनी एकेडेमीले माउण्ट मकालुलाई १२.१ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनमै समेट्यो । तर जवाफी ब्याटिङमा मालिनी एकेडेमीले पुरै ओभर खेले पनि ६६ रन मात्र बनाउन सक्दा माउण्ट मकालुसँग पराजित भयो। यस खेलका म्यान अफ द म्याच माउण्ट मकालुका आकाश कुमार महतो बने ।

तेस्रो खेल बीरगन्ज स्कूल र श्री आदर्श माविबीच भएको थियो। टस जितेर ब्याटिङ रोजेको बीरगन्ज स्कूलले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १११ रनको बलियो योगफल तयार गर्‍यो । जवाफमा ब्याटिङ गरेको श्री आदर्श मावि सबै विकेट गुमाउँदै ६५ रनमै सीमित भएपछि बीरगन्ज स्कूल सहज जित निकाल्न सफल भयो। खेलको म्यान अफ द म्याच बीरगन्ज स्कूलका अनिस कुमार पटेल घोषित भए ।

यसैबीच, प्याब्सन पर्साको आयोजनामा जुनियर नकआउट फुटबल प्रतियोगिता पनि सुरु भएको छ । प्रतियोगितामा २१ वटा विद्यालय सहभागी छन् । ४ फिट १० इन्च उचाइ समूहका खेलाडीहरूबीच सञ्चालन हुने प्रतियोगिता जिल्ला प्रहरी कार्यालय पर्साको पछाडिको खेल मैदानमा भइरहेको छ ।

उद्घाटन खेल एसआर ग्यालेक्सी मावि र ज्ञान ज्योति माविबीच सम्पन्न भयो। २५/२५ मिनेटको दुई हाफमध्ये दोस्रो हाफमा एसआर ग्यालेक्सीका आलोक गिरीले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए । उनै खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको उद्घाटन मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले गरेका हुन् । प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मुख्य प्रायोजक राज होजियारीका प्रोप्राइटर राज साह, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु काकी, प्याब्सन केन्द्रीय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुदिन अहमद, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, जिल्ला अध्यक्ष शम्भु कुमार सुमन लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...