28 June ,2026,Sunday

हिन्दु सम्राट सेना वडा–१ को नयाँ समिति गठन, श्री राम जानकी मन्दिरमा नियमित बैठक सम्पन्न

वीरगंज, १० माघ ।  वडा नम्बर–१ स्थित श्री राम जानकी मन्दिरमा हिन्दु सम्राट सेना वडा–१ को नियमित बैठक सम्पन्न भएको छ। विकास साहको अध्यक्षतामा बसेको उक्त बैठकले वडा–१ को नयाँ समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

बैठकबाट गठित वडा–१ समितिअनुसार सानु साह अध्यक्ष, सञ्जय मण्डल उपाध्यक्ष, शिव साह सचिव, धिरज पटवा सह–सचिव तथा रोहित साह कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै, समितिका सदस्यहरूमा विशाल कुमार, सुमन पटेल, चन्दन साह, राजु राम, अदिन्त साह, रोहित कुमार मण्डल र विशाल साह रहेका छन्।

कार्यक्रममा हिन्दु सम्राट सेनाका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। विकास साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव प्रज्वल डंगोल, सचिव उदयनारायण गिरी, कोषाध्यक्ष दीप नारायण यादव तथा सल्लाहकार राजु शाहको उपस्थितिले बैठकलाई थप गरिमामय बनाएको थियो।

बैठकमा संगठनलाई वडा तहमा थप सशक्त बनाउने, धार्मिक तथा सामाजिक गतिविधिहरूलाई सक्रिय रूपमा अगाडि बढाउने र संगठनात्मक एकता मजबुत बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा समाजसेवा मूलक कार्यहरूमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...