वीरगंज, १० माघ । वडा नम्बर–१ स्थित श्री राम जानकी मन्दिरमा हिन्दु सम्राट सेना वडा–१ को नियमित बैठक सम्पन्न भएको छ। विकास साहको अध्यक्षतामा बसेको उक्त बैठकले वडा–१ को नयाँ समिति सर्वसम्मत रूपमा गठन गरेको छ।
बैठकबाट गठित वडा–१ समितिअनुसार सानु साह अध्यक्ष, सञ्जय मण्डल उपाध्यक्ष, शिव साह सचिव, धिरज पटवा सह–सचिव तथा रोहित साह कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै, समितिका सदस्यहरूमा विशाल कुमार, सुमन पटेल, चन्दन साह, राजु राम, अदिन्त साह, रोहित कुमार मण्डल र विशाल साह रहेका छन्।
कार्यक्रममा हिन्दु सम्राट सेनाका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। विकास साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव प्रज्वल डंगोल, सचिव उदयनारायण गिरी, कोषाध्यक्ष दीप नारायण यादव तथा सल्लाहकार राजु शाहको उपस्थितिले बैठकलाई थप गरिमामय बनाएको थियो।
बैठकमा संगठनलाई वडा तहमा थप सशक्त बनाउने, धार्मिक तथा सामाजिक गतिविधिहरूलाई सक्रिय रूपमा अगाडि बढाउने र संगठनात्मक एकता मजबुत बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा समाजसेवा मूलक कार्यहरूमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।








