spot_img

25 January ,2026,Sunday

वीरगंजमा मानव अधिकार शिक्षा तथा ‘राइट फर राइट’ कार्यक्रम मेरिगोल्ड सेकेन्डरी स्कुलमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ११ माघ । वीरगंजको कुम्हालटोलस्थित Marigold Secondary School मा Human Rights Education & Right for Right कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत करिब ९० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम Amnesty १६ ग्रुपको आयोजनामा सम्पन्न भएको हो । मानव अधिकारसम्बन्धी आधारभूत अवधारणा, बालअधिकार, अधिकारसँगै कर्तव्यको महत्व, समानता तथा न्यायजस्ता विषयमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमलाई सहभागितामूलक बनाउँदै उदाहरण, छलफल तथा प्रश्न–उत्तरमार्फत विद्यार्थीहरूलाई मानव अधिकारको व्यवहारिक पक्षबारे जानकारी गराइएको थियो ।

कार्यक्रमका प्रशिक्षण Amnesty १६ ग्रुपका अध्यक्ष रजनीश झाले दिएका थिए भने Amnesty १६ ग्रुपका सदस्य शम्भु घिमिरे, शाहरुख शेख र फारुक शेखले प्रशिक्षण सत्रमा सहयोग गरेका थिए । साथै अध्यक्ष झाले विद्यार्थीहरूमा सानैदेखि अधिकारप्रतिको चेतना विकास हुनु आवश्यक रहेको उल्लेख गर्दै, अधिकारको प्रयोग जिम्मेवारीका साथ गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले मानव अधिकारका विषयमा नयाँ ज्ञान हासिल भएको प्रतिक्रिया दिएका छन् । विद्यालय प्रशासनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व बढाउने विश्वास व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल