spot_img

25 January ,2026,Sunday

अपाङ्गता खेलकुद विकासमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया वीरगंजमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ११ माघ । अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद विकासमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रम वीरगंजस्थित होटल गेट वेमा सम्पन्न भएको छ। उक्त कार्यक्रम नेत्रहिन क्रिकेट संघ नेपाल तथा मधेश प्रदेश नेत्रहिन क्रिकेट संघको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो।

कार्यक्रम नेत्रहिन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने वीरगंज महानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष जगत साह कानु प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको सञ्चालन मधेश प्रदेश नेत्रहिन क्रिकेट संघका अध्यक्ष महेश साह कानुले गर्नुभएको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद क्षेत्रमा देखिएका चुनौती, अवसर र सरोकारवालाको सहकार्य आवश्यकताबारे गहन छलफल गरिएको थियो। सहभागीहरूले नीति निर्माणदेखि स्थानीय तहको भूमिकासम्म प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, समाजसेवी रुप शिला जैसवाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाईले अपाङ्गता भएका खेलाडीहरूलाई अवसर र पहुँच उपलब्ध गराउनु आजको आवश्यकता भएको बताउनुभयो। उहाँले भन्नुभयो अपाङ्गता कमजोरी होइन, क्षमता हो। सही सहयोग, पूर्वाधार र नीति भए अपाङ्गता भएका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उजागर गर्न सक्छन्। यसका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र र समाज सबैले हातेमालो गर्न आवश्यक छ।कार्यक्रमले अपाङ्गता खेलकुद विकासमा सरोकारवालाबीच सहकार्य र प्रतिबद्धता अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल