28 June ,2026,Sunday

वीरगंजकाे रेल्वे रोडस्थित एसबी ट्रेडिङमा छापा, करिब ३० लाख बराबरको अवैध सामान बरामद

अभिलाष गुप्ता

वीरगंज, ११ माघ। वीरगंजकाे रेल्वे रोडस्थित एसबी ट्रेडिङ (SB Trading) मा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले छापा मारी करिब २५ लाखदेखि ३० लाख रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

आइतबार साँझ करिब ५:३० बजे वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त पसलमा छापा मारेको हो।

छापाका क्रममा चिनियाँ, भारतीय तथा विभिन्न घरेलु प्रयोजनका सामानहरू अवैध रूपमा भण्डारण तथा बिक्री वितरण भइरहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभए को छ।

बरामद गरिएका सामानहरूमा भन्सार छली ल्याइए का हुन सक्ने विभिन्न उपभोग्य सामग्री, घरेलु सामान तथा अन्य वस्तुहरू रहेका छन्। प्रारम्भिक अनुमान अनुसार ती सामानहरूको बजार मूल्य करिब २५ लाखदेखि ३० लाख रुपैयाँ बराबर रहेको बताइएको छ।

हाल बरामद सामानहरू वडा प्रहरी कार्यालय बिर्ताको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आवश्यक कागजात नपुगेको अवस्थामा कानुनी प्रक्रिया अघि बढाइने र सम्बन्धित निकायसँग समन्वय गरी थप कारबाही गरिने प्रहरीको भनाइ छ।

यस घटनाले वीरगंज क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि प्रहरी सक्रिय रूपमा लागेको संकेत दिएको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...