spot_img

26 January ,2026,Monday

ठोरीबाट लागूऔषध गाँजासहित एक जना पक्राउ

वीरगंज, १२ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा ठोरी गाँउपालिका ४ का ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ५५ किलो लागूऔषध गाँजासहित श्रेष्ठलाई पक्राउ गरेको हो ।लागूअरुैषध बिक्री बितरण तथा भण्डारण गरेको बिशेष सूचनाको आधारमा प्रहरीले श्रेष्ठको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा प्लाष्टिकसहित पाँच पोकामा ५५ किलो लागूऔषध गाँजा बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
बरामद लागूऔषधसहित पक्राउ परेका श्रेष्ठलाई लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट दस दिनको म्याद थप अनुमती लिइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल