28 June ,2026,Sunday

प्याब्सन टि–२० क्रिकेट र जुनियर फुटबलमा ज्ञानदा, साउथ जोन, गौतम, मुनलाईट र ठोरी विजयी

अभिलाष गुप्ता

वीरगंज, १२ माघ । प्याब्सन पर्साको आयोजना अन्तर्गत जारी नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ र अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन विजयी टिमहरूको घोषणा भएको छ।

क्रिकेटतर्फ तेस्रो दिनको पहिलो खेलमा ज्ञानदा एकेडेमीले सिद्धार्थ नेशनल स्कुललाई ६४ रनले हरायो। दोस्रो खेलमा साउथ जोन स्कुलले सूर्योदय स्कुललाई ६ विकेटले पराजित गर्‍यो भने तेस्रो खेलमा गौतम माध्यमिक विद्यालयले माउण्ट मकालुलाई ६ विकेटले हरायो। यस दिनको म्यान अफ द म्याच क्रमशः ज्ञानदाका खिलराज सर्राफ, साउथ जोनका अशोक बैठा र गौतमका विराट पाण्डे घोषित भए।

जुनियर फुटबलतर्फ, पहिलो खेलमा गौतम माध्यमिक विद्यालयले सेन्ट जेभियर्स स्कुललाई ४–० ले हरायो। दोस्रो खेलमा मुनलाईट माध्यमिक विद्यालयले सूर्योदय स्कुलमाथि १०–० को फराकिलो जित निकाले। तेस्रो खेलमा सफल एकेडेमीले श्री आदर्श माध्यमिक विद्यालयलाई ७–० ले हरायो भने चौथो खेलमा ठोरी एकेडेमीले न्यु वेभ एकेडेमीलाई ६–० ले पराजित गर्‍यो। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

यस दिनको खेलहरूले विद्यार्थीहरूमा खेलकुदप्रति उत्साह बढाएको मात्र नभई प्रतिस्पर्धात्मक क्षमताको परिचय पनि दिएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...