28 June ,2026,Sunday

७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा प्रभातफेरी सहित भव्य रूपमा मनाइयो

अभिलाष गुप्ता

वीरगंज, १२ माघ । ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभाग तथा वीरगञ्ज भन्सार कार्यालयको आयोजनामा वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज भन्सार कार्यालयका प्रमुख कृष्ण प्रसाद मैनालीको नेतृत्वमा आयोजित उक्त प्रभातफेरी भन्सार कार्यालय परिसरबाट सुरु भई वीरगञ्जस्थित मितेरी पुलसम्म पुगेर पुनः भन्सार कार्यालयमै आएर समापन भएको थियो।प्रभातफेरी कार्यक्रममा वीरगंज भन्सार कार्यालयका कर्मचारी तथा प्रतिनिधिहरू, किलियरिङ एजेन्ट संघका सदस्यहरू, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, सुरक्षाकर्मी तथा अन्य सरोकार वालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत भन्सार प्रशासनको भूमिका, राजस्व संकलनमा भन्सारको योगदान, व्यापार सहजीकरण तथा मुलुकको आर्थिक विकासमा भन्सारको महत्वबारे आम नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय भन्सार दिवस विश्वभर प्रत्येक वर्ष मनाइने गरिन्छ, जसले भन्सार प्रशासनलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्दछ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...