spot_img

29 January ,2026,Thursday

नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा वितरण

अभिलाष गुप्ता

वीरगंज, १४ माघ । जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य र सुविधामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा १ सय ३५ जना नवजात शिशु र उनीहरूका आमालाई कपडा प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर–२ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानी रहनु भएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता, युवाहरू तथा अस्पतालका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले यस्ता मानवीय र सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले भन्नुभयो नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सानो सहयोगले पनि ठूलो प्रभाव पार्छ। यस्ता कार्यक्रमले आमाहरूको मनोबल बढाउने मात्र होइन, समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना मजबुत बनाउँछ। युवाहरूले अघि बढेर यस्ता कार्य गर्नु अत्यन्त सराहनीय छ।

उहाँले सामाजिक उत्तरदायित्व केवल संस्थागत दायित्व मात्र नभई हरेक सचेत नागरिकको कर्तव्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमका संयोजक राहुल गुप्ताले समुदायको आवश्यकता बुझेर कार्यक्रम आयोजना गरिएको बताउँदै, आगामी दिनमा स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले यस पहलले नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउनुका साथै सामाजिक सद्भाव र मानवताको महत्व झल्काएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल