28 June ,2026,Sunday

बहुदरमाईमा एमाले कार्यकर्ता भेला सम्पन्न एक ढिका भएर लाग्ने प्रतिबद्धता

अभिलाष गुप्ता

वीरगंज, १५ माघ । पर्सा–२ को बहुदरमाई नगरपालिकामा नेकपा (एमाले) का अगुवा कार्यकर्ताको भव्य भेला सम्पन्न भएको छ। नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावागी, उपाध्यक्ष बिचारी यादव, युवा नेता मुकेश दिवेदी, शिव पटेल र प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले सहभागिताले धारणा राखेका थिए।

भेलामा सहभागी कार्यकर्ताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीको संगठनात्मक क्षमता मजबुत बनाउने र जनमत संकलनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उम्मेदवार रिमा कुमारी यादवले कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय विकास, आधारभूत पूर्वाधार र जनताको दैनिक समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो।

केन्द्रीय सदस्य विजय सरावागीले पार्टी एकतालाई निर्वाचनको मुख्य शक्ति भएको बताउदै कार्यकर्तासँग साझा रणनीति तयार पार्नुपर्नेमा जोड दिए। उपाध्यक्ष बिचारी यादवले युवा सशक्तिकरण र स्थानीय तहमा एमालेको पहुँच विस्तारमा सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने कुरा दोहोर्याए। युवा नेता मुकेश दिवेदी र शिव पटेलले पनि कार्यकर्तालाई अभियानमा सक्रिय रहन प्रोत्साहित गरे।

भेलामा सहभागीहरूले पार्टीका मूल्य र सिद्धान्तलाई मजबुत बनाउँदै आगामी निर्वाचनमा व्यापक जनसमर्थन जुटाउने र मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्नेमा जोड दिए। बक्ता हरुले प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवलाई जिताउन सबैले एक ढिकाभरि लाग्ने प्रतिबद्धता गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...