spot_img

26 March ,2026,Thursday

लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव वीरगञ्जमा भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १६ माघ । वीरगंजको पानी टंकी क्षेत्रमा अवस्थित लिटल बडी प्रि–स्कुलको तेस्रो वार्षिकोत्सव कार्यक्रम शुक्रबार वीरगंजस्थित क्लासिक बंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले गर्नुभएको थियो।

उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कर्णले बालबालिकालाई पाठ्यक्रममा सीमित शिक्षाभन्दा पनि व्यावहारिक ज्ञान र सीपमा आधारित अध्यापन बढी प्रभावकारी र उपलब्धिमूलक हुने बताउनुभयो। उहाँले प्रारम्भिक तहको शिक्षामा व्यवहारिक सिकाइ, सिर्जनशीलता र जीवनोपयोगी सीपको विकास आवश्यक रहेकोमा जोड दिनुभयो।

प्रमुख अतिथि कर्णले लिटल बडी प्रि–स्कुलले स्थापना भएको छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेकोमा बधाई तथा प्रशंसा व्यक्त गर्नुभयो। साथै, आगामी दिनहरूमा पनि बालबालिकाको सर्वाङ्गीण विकासका लागि व्यवहारिक ज्ञान, सीप र नैतिक मूल्यमा आधारित शिक्षालाई अझ सशक्त रूपमा अघि बढाउन सुझाव दिनुभयो।

लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक तथा प्याब्सनका सचिव अशोक सङ्रौला, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, वीरगञ्ज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरूले प्रस्तुत गरेका नृत्य तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूले उपस्थित अभिभावक तथा अतिथिहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो। सहभागीहरूले बालबालिकाको प्रस्तुतीको खुलेर प्रशंसा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल