spot_img

31 January ,2026,Saturday

 वीरगंजमा जसपा परित्यागको लहर, वर्तमान र पूर्व वडाध्यक्षसहित सयौँ एमाले प्रवेश

 वीरगंज, १७ माघ । पर्सा जिल्लाको वीरगंज महानगरपालिकाका दुई वडाबाट वर्तमान तथा पूर्व जनप्रति निधि सहित सयौँको सङ्ख्यामा नेता–कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी (जसपा) लगायतका विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

 वीरगंज महानगरपालिका–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसिया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवीलगायतका नेता–कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् । त्यस्तै,  वीरगंज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरीले पनि जसपा परित्याग गरी एमाले रोजेका छन् ।नवप्रवेशीहरूलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसियाले जसपा नेपालले मधेस मुद्दालाई केवल सत्ता केन्द्रित राजनीतिको साधन बनाएको आरोप लगाए । देशको वर्तमान परिस्थितिमा जनता र राष्ट्रको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र नेकपा (एमाले) मात्रै भएको दाबी गर्दै आफूहरू एमाले प्रवेश गरेको बताए ।

यसैगरी, वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा मुलुकलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए । राष्ट्रिय स्वाभिमान, स्थायित्व र जनहितका लागि एमाले नै सही विकल्प भएको ठहर गर्दै पार्टी प्रवेश गरेको स्पष्ट पारे ।

पार्टी प्रवेश गराउँदै पूर्व मन्त्री यादवले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने प्रयास भएपछि एमालेमा आबद्ध भएको दाबी गरे । जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी शक्तिहरूको दबाबको अन्त्य गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट प्रभावित भएको उनले बताए ।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी नवप्रवेशीहरूले आगामी निर्वाचनमा नेकपा (एमाले) को विजय सुनिश्चित गर्न सङ्गठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल